सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महलाई यसरी खानुस् निरोगी बन्नु छ भने !!

अरू महिनाको तुलनामा वर्षा महिनामा यो यो कुरा खान हुन्छ, यो यो कुरा खानु हुँदैन भन्ने धेरै किसिमका भनाइहरू देखा पर्ने गर्छ । अझ साउन महिनामा त यस्ता खान हुने र खान नहुने कुराहरूको फेहरिस्त लामै हुने गर्छ ।

वर्षा महिनामा कोही दूध दही खान हुदैंन भन्छन् भने कोही हरियो साग खान हुँदैन भन्छन् । त्यसैले वर्षा महिनामा के खान हुन्छ र के खानै पर्छ भन्ने विषयमा भने जो कोहीले स्पष्ट रूपमा भन्न सक्दैनन् ।

हामी तपाईँलाई वर्षा महिनामा के खानेकुरा अनिवार्य रूपमा खानु पर्छ भन्ने विषयमा जानकारी दिदैं छौँ । यस्ता खानेकुरा बच्चा देखि बृद्धबृद्धासम्मलाई अनिवार्य रूपमा खुवाउने हो भने उनीहरूलाई वर्षा मौसममा हुने धेरै किसिमका रोगहरूबाट बचाउन समेत सकिन्छ ।

World Link Ads
Mahakali Polytechnic

वर्षा महिनामा तपाईँले जे जस्तो किसिमको खानेकुरा खाए पनि महलाई भने अनिवार्य रूपमा खाने गर्नुपर्छ । आयुर्वेदमा पनि महका धेरै गुणहरू व्याख्या गरिएको छ ।

Dirghayu Ads

बजारमा सजिलै पाइने र वर्षा मौसममा निकै नै प्रभावकारी मानिने महलाई बिशेषत वर्षा मौसममा सेवन गर्दा यस्तो किसिमको फाइदाहरू गर्छ ।

मह खाँदा शरीरलाई यस्तो किसिमको फाइदा हुन्छ

– महको नियमित सेवनले रोग प्रतिरोधी क्षमताको वृद्धि गर्छ ।

– महको नियमित सेवनले शरीर भित्रका विकारहरूलाई बाहिर निकाल्न मद्दत गर्छ ।

– महको नियमित सेवनले आँखाको ज्योतिलाई सकभर कमजोर हुन दिँदैन ।

– महको सेवनले कब्जियतको समस्या समाधान हुन्छ ।

– घाँटीमा कुनै किसिमको समस्या छ भने त्यसलाई हटाउन महको सेवन उत्तम मानिन्छ ।

– थकान र कमजोरी हुन्छ भने महको नियमित सेवन गर्नुपर्छ ।

Sana Kishan

– अनिन्द्राको समस्यालाई महको सेवनले हटाउने गर्छ ।

– महको सेवनले खोकी र ज्वरो हुन दिँदैन ।

– मांसपेशीमा हुने थकान र मांसपेशी बटारिने समस्या कम हुन्छ ।

– पाचन क्रियालाई राम्रो गर्छ ।

महलाई यसरी खान सकिन्छ

– बिहान मन तातो पानीमा एक चम्चा मह मिलाएर खान सकिन्छ ।

– दुई चम्चा महमा एक चम्चा अदुवाको रस मिलाएर सेवन गर्न सकिन्छ ।

– मनतातो दूधमा एक चम्चा मह मिसाएर नियमित सेवन गर्न सकिन्छ ।

– दैनिक १–२ चम्चा मह खान पनि सकिन्छ ।

– मनतातो पानीमा कागतीको रसमा मह मिसाएर पिउन सकिन्छ ।

महमा के कस्तो किसिमको पौष्टिक तत्त्व हुन्छ ?

महमा एन्टि ब्याक्टेरियल र एन्टिसेप्टिक गुण हुन्छ । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, बी, सी, जिङ्क, कपर, आइरन, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस, पोटासियम र सोडियम जस्ता पौष्टिक तत्त्व पाइन्छ । यस्ता पौष्टिक तत्त्वले शरीरलाई राम्रो गर्ने गर्छ । सेतीकाली न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.