रानाथारू भाषालाई कामकाजी भाषा माग गर्दै धनगढीमा प्रर्दशन

कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएको भन्दै विरोध प्रर्दशन गरेका छन् ।

भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले सोमबार धनगढीमा नाराबाजीसहित विरोध प्रर्दशन गरेका हुन् ।

नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न संघसंस्थाले सोमबार दिउँसो धनगढी चौराहदेखि एलएन चोकसम्म नाराबाजी गर्दै प्रर्दशन गरेका हुन् ।

एलएन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै रानाथारु समुदायका अगुवा तथा रानाथारु समाजका अध्यक्ष कृपाराम रानाले भाषा आयोगले आफूहरुमाथि विभेद गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताएका थिए ।

सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले रानाथारु भाषालाई सुदूरपश्चिमको कामकाजी भाषा बनाउनुपर्ने माग गरे । उनले भाषा आयोगले रानाथारु समुदायमाथि विभेद गरेकाले तत्काल सच्याउनुपर्ने जनाए ।

आयोगले डोटेली र थारू भाषालाई कामकाजी भाषाको मान्यता दिएकोमा आफूहरुको कुनै असहमती र आपत्ति नरहेको तर रानाथारु भाषालाई पनि कामकाजी भाषाको मान्यता दिनुपर्ने माग गरिएको छ ।

प्रदेश सरकारका हरेक निकायमा रानाथारूका लागि आरक्षण सुनिश्चित गर्न समेत माग गरिएको छ । अनलाइनखबर बाट सभार

Total
7
Shares
Related Posts

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयाे

दैलेख – दैलेखको तोलिजैसीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर…
पुरा पढ्नुहोस
Total
7
Share