संवैधानिक इजलासको विवाद त्यहीँबाट टुंग्याउन जबरा सकारात्मक

प्रधानन्यायाधीशविना संवैधानिक इजलासले न्याय निरुपण गर्न सक्ने कि नसक्ने भन्ने विवाद संवैधानिक इजलासबाटै टुंगो लगाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सकारात्मक देखिएका छन् ।

सोमबार न्यायाधीश र कानुन व्यवसायी सहभागी बार–बेञ्च समन्वय समितिको बैठकका सहभागीले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न मिल्ने वा नमिल्ने विवादको निरुपण संवैधानिक इजलासले नै गर्नु उपयुक्त हुने राय दिएका थिए । त्यसमा प्रधानन्यायाधीश जबराले आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका बैठक स्रोतले जानकारी दिएको छ ।

‘बैठकमा न्यायाधीश हरि फुयालको एकल इजलासले गरेको आदेशबारे सौहार्दरुपमा छलफल भयो । र यो विषय गम्भीर संवैधानिक व्याख्याको विवाद हो भन्नेमा प्रधानन्यायाधीशसहित अरु न्यायाधीशहरुले विमतिराख्नुभएन’ बैठकमा सहभागी स्रोतले भन्यो, ‘उहाँले यसमा म सकारात्मक नै छु, हेरौंला भन्नुभएको छ ।’

संवैधानिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी विवाद प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासले निरुपण गर्ने तयारी भएका बेला भदौ १७ गते न्यायाधीश हरि फुयालको एकल इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास बस्न नसक्ने आदेश दिएको थियो । सो आदेशका कारण केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशका आधारमा बसेको परिषद बैठकले गरेको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ हुन सकेको छैन ।

आफ्नो प्रतिवद्धतामा अडिग रहेमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अधिवक्ता गणेश रेग्मीको निवेदन संवैधानिक इजलासमा पठाउनेछन् । त्यो इजलासले आफैं विपक्षी भएको अवस्थामा प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न हुन्छ कि हुँदैन ? अनि उनी विदा बसेको अवस्थामा कामू प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व गरेर विवाद निरुपण गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नको निकास दिनेछ ।

यसै निकासका आधारमा अध्यादेशपछि बसेको संवैधानिक परिषदको बैठकले गरेको नियुक्तिसम्बन्धी विवाद निरुपणमा प्रधानन्यायाधीश सहभागी हुने वा नहुने टुंगो लाग्नेछ । अनलाइनखबर बाट सभार

 

Total
33
Shares
Related Posts

काँग्रेस भीमदत्त नगर सभापतिमा कलौनी निर्वाचित

नेपाली काँग्रेस भीमदत्त नगरको सभापतिमा अच्यूतराज कलौनी निर्वाचित भएका छन । कलौनीले आफ्ना निकटतम प्रतिद्वन्दी आशिष खत्रीलाई १सय…
पुरा पढ्नुहोस

काँग्रेसको पुनर्वास नगर कार्यसमितिको सभापतीमा तामाङ्ग विजयी

नेपाली काँग्रेसको पुनर्वास नगर कार्य समितिका लागि आज भएको चुनावमा शुक बहादुर तामाङ्ग विजयी भएका छन । नगर…
पुरा पढ्नुहोस

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस
Total
33
Share