Bedkot Samudayik Ban

आज (सोमबार) बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Sana Kishan
Total
94
Shares

साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ केही बढेको छ।

Arus

आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउ सँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

Karnali Traders

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ। नयाँ पुस्ता बाट सभार

Total
94
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
94
Share