सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बारीमा रोपेको बन्दा कुहेपछि बैतडी जिल्लाका किसान चिन्तित

बारीमा रोपेको बन्दा कुहिन थालेपछि बैतडीका किसानहरु चिन्तित बनेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोलाका विभिन्न स्थानमा बन्दामा ढुसी लागेर बारीमै कुहिन थालेको किसान कृष्णबहादुर बोहराले बताए । उनले भने ‘बारीमा रोपेको सबै बन्दा कुहेर सखाप भएको छ । विक्रि योग्य हुने बेला बन्दा कुहेपछि हामीलाई धेरै घाटा लागेको छ ।’

बारीमा लगाएको बन्दा सबै सखाप भएपछि आफूहरुलाई निकै घाटा लागेको किसान पार्वती भट्टले बताइन् । यो बर्ष बर्षाका कारण बन्दा सप्रिन नसकेको उनले बताइन् । उनले भनिन् ‘यो बर्ष बन्दाबाट आम्दानी गर्ने योजना असफल भएको छ । बारीमा लगाएको सबै बन्दा सखाप भएपछि हामी समस्यामा परेका छौं ।’

बारीमा मकैको साटो बन्दा लगाएको भएपनि यो बर्ष बन्दाले धोका दिएको किसान दिनेश भट्टले बताए । बन्दा बजारमा पुर्याउन लायक हुन लागेको बेलामा कुहिन थालेपछि किसानहरु समस्यामा परेका उनले बताए । उनले भने ‘बारीमा लगाएको बन्दा कुहेपछि खेत बाँझै राखे जस्तो भएको छ ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

पछिल्लो समयमा किसानहरु बन्दा खेतीमा आकर्षित भएपनि कुहिने समस्याका कारण अप्ठ्यारोमा परेका छन् । बन्दाबाटै राम्रो आम्दानी गर्ने योजना बनाएको भएपनि यो बर्ष बन्दा कुहेपछि समस्या भएको सतबाँझका किसान कृष्णदत्त भट्टले जानकारी दिए ।

बढी बर्षाका कारण बन्दामा ढुसी लागेर कुहिने रोग लागेको सिप्रेडका कार्यक्रम संयोजक भुवन भट्टले जानकारी दिए । किसानहरुलाई आफूहरुले पनि विभिन्न प्राविधिक सल्लाह दिईरहेको समेत उनले बताए । बीउ र प्रविधिमा सहयोग गरेको भएपनि यो बर्ष कुहिने रोगका कारण किसानहरु मारमा परेका उनले बताए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.