सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर: इमलिया टोलमा सरसफाइ र जनचेतनामूलक कार्यक्रम

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ इमलिया टोलमा सरसफाइ र जनचेतनामूलक कार्यक्रम गरिएको छ । उक्त टोलमा रहेको सडक र आसपासका क्षेत्रमा आइतबार बिहान सरसफाइ कार्यक्रम गरिएको कार्यवाहक वडाध्यक्ष कमला देवी ओखेडाले जानकारी दिनुभयो । गाउँ टोलका सडक आसपासमा रहेको झाडी सफाइ, सडक क्षेत्रमै राखिएका काठ दाउरा तथा मललाई सडकबाट हटाइ सम्बन्धित व्यक्तिहरूकै जिम्मा लगाइएको र सडक खण्डमा देखिने फोहोर समेत झाडु लगाएर सफा गरिएको उहाँको भनाइ छ ।

Sana Kishan

त्यस्तै, सडक क्षेत्रमै पशु चौपाया बाँध्ने, सडक खण्ड ओगट्ने गरी निजी प्रयोजनका कार्य गर्ने घरपरिवारलाई जनचेतनामूलक सन्देश दिई सतर्कता गराइएको बताइएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गरिएको सरसफाइ कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजीवी, युवा वर्ग सहित सरोकारवाला नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो । आगामी दिनमा अन्य टोलहरूमा समेत सरसफाइ सहित जनचेतनामूलक कार्यक्रम गरिने कार्यवाहक वडाध्यक्ष कमला देवी ओखेडाले बताउनु भएको छ । हरिश्चन्द्र बागले नेपालबोध डटकममा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.