Bedkot Samudayik Ban

एमसीसी उपाध्यक्ष फातिमा सुमारले भनिन्, ‘एमसीसी अनुदानका विषय भएकाले यसमा विवाद हुनुनपर्ने हो’

Sana Kishan
Total
48
Shares

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले ‘एमसीसी’ अनुदानका विषय भएकाले यसमा विवाद हुनुनपर्ने बताएकी छन् । विहीबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको शिष्टाचार भेटमा एमसीसी उपाध्यक्ष सुमारले यस्तो बताएकी हुन् ।

Arus

उक्त भेटमा सुमारले एमसीसीका बारेमा एमालेको धारणा बुझ्न खोजेकी थिइन् । सोही क्रममा सुमारले एमसीसी अनुदानका विषय भएकाले यसमा विवाद हुनुनपर्ने भनाइ राखेकी हुन् । भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा आउदा खुसी लागेको प्रतिक्रिया दिएकी थिइन् ।

त्यस्तै एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीका प्रतिनिधिले एमालेको पोजिसनका बारेमा जानकारी लिएको बताए । ओलीले भेटघाटका लागि धन्यवाद दिदै एमसीसी सम्झौताका बारेमा आफ्नो नेतृत्वको सरकारले अघि बढाएपनि अहिले प्रतिपक्षीमा रहेको बताए ।

अध्यक्ष ओलीले आफूहरु सरकारमा रहँदा सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै अहिले सरकारले एमालेसँग यसबारे कुनै परामर्श नगरेको बताएका बताइएको छ ।

बिहीबार नै नेपाल आएको एमसीसी प्रतिनिधि मण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगाइतका नेतासँग भेट गर्ने कार्यक्रम छ ।

Karnali Traders

त्यस्तै शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट हुने बताइएको छ । नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् । news24nepal बाट सभार

Total
48
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
48
Share