सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राप्रपा कञ्चनपुरको अध्यक्षमा गजेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित

महेन्द्रनगर । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) कञ्चनपुरको अध्यक्षमा गजेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन । आईतबार जिल्ला अधिबेशनबाट राप्रपा कञ्चनपुरका युवा नेता चन्द अध्यक्षमा सहमतीय आधारमा सर्वसम्मत चयन भएका हुन ।

त्यसैगरी सदस्य तर्फ बिरेन्द्र बहादुर चन्द, महेश्वरी सिह, दिल बहादुर नाथ, रमेश भट्ट, दिपक नाथ, राजेन्द्र प्रशाद भट्ट, लोक बहादुर कुँवर, कैलाश भट्ट, कल्लु राना, दिनेश विष्ट, हेमबाबु लेखक, धिरेन्द्र बहादुर चन्द, सुरेश चटौत, सुकमान सुनार, बल बहादुर तामाङ्ग केशव राज जोशी, प्रकास थापा, गंगा कठायत, महेश भाट, मोहनजंग रोकाया, दिलिप बडायर, खडक बहादुर विष्ट, नन्दादेवी जोशी, धव्रराज भट्ट, अम्बादत्त पन्त, गोर्बधन खडका, नन्दादेवी खत्री, रामेश गौमत चयन भएका छन ।

Sana Kishan

राप्रपा कञ्चनपुरको अध्यक्षमा चयन भएका नव अध्यक्ष गजेन्द्र बहादुर चन्दले जिल्लामा राप्रपालाई एकिकृतरुपमा अघि बढाउदै गतिशिल बनाउने योजना रहेको बताए । ‘जिल्लाको विकास निर्माण एव विकृतीलाई हटाउँदै जान्छु, ‘अध्यक्ष चन्दले भने, ‘राप्रपालाई एकिकृत रुपमा अघि बढाउदै गतिशिल बनाउछु ।’

World Link Ads
Mahakali Polytechnic

उनले राप्रपालाई लाग्दै आएको आरोप चिदै पार्टी युवाहरुको काधमा आएको पनि बताए । ‘यो एउटा भ्रम चिरिएको छ, राप्रपामा बुढापाखा मात्रै हुन्छन, भन्ने मेरो नेतृत्वले चिरेको छ, ‘उनले भने, ‘राप्रपा अब युवा पुस्ताको काँधमा आएको छ ।’  नयाँ खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.