सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

परियोजनाकोे सानो सहयोगले स्वास्थ्य संस्था र विद्यालयको मुहार नै परिवर्तन

कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिका क्षेत्र भित्र छनौटमा परेका सामुदायिक विद्यालयहरू र स्वास्थ्य संस्थाहरूमा खानेपानी सरसफाइ र स्वच्छताका लागि गरिएको सानो सहयोगले स्वास्थ्य संस्था र विद्यालयको मुहार नै परिवर्तन भएको छ । युनिसेफको सहयोगमा सुदूरपश्चिम प्रदेश सरकार र दिपायल सिलगढी नगरपालिकासँग समन्वय गर्दै निड्स नेपालले उक्त क्षेत्रका १२ वटा सामुदायिक विद्यालयहरू र २ वटा स्वास्थ्य चौकीमा खानेपानी सरसफाइ र स्वच्छता कार्यक्रम अन्तर्गत सहयोग प्रदान गरेको परियोजनाका टिम लिडर नीरज कुमार थारूले बताउनु भयो । प्रति विद्यालय रु. १ लाख ६० हजार र स्वास्थ्य संस्थालाई रु. २ लाखका दरले विनियोजन गरी खानेपानी सरसफाइ र स्वच्छताका निम्ति प्रयोग हुने सामग्री खरिद, जडान तथा उचित व्यवस्थापनमा खर्च गरिएको छ ।

उक्त कार्यले सम्बन्धित विद्यालय र स्वास्थ्य संस्थामा ठुलो सहयोगी भूमिका निर्वाह गरेको छ । पानीको चरम अभाव रहेको तिखा स्वास्थ्य चौकीमा उक्त कार्यक्रम पश्चात् अहिले पानीको सहज उपलब्धता भएको पाइन्छ । सुत्केरी सेवा समेत रहेको तिखा स्वास्थ्य चौकीमा विगतमा पानी पाउनै मुस्किल हुने गरेकोमा हाल त्यो समस्या समाधान भएको स्वास्थ्य चौकीका इन्चार्ज तेज बहादुर खड्काले बताउनु भयो । अहिले स्वास्थ्य संस्थामा दैनिक औसतमा ३० जना जति सेवाग्राही आउने गरेको र स्वास्थ्य संस्थामा उपचारसँगै हात धुने पानी, खानेपानी, शारीरिक सरसफाइ तथा स्वच्छतामा निक्कै सहज भएको उहाँको भनाइ छ ।

त्यस्तै, दिपायल सिलगढी नगरपालिकामै रहेको दिल्पेश्वर माध्यमिक विद्यालयमा समेत खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमले विद्यालयको स्वरूप नै परिवर्तन भएको छ । परियोजना अन्तर्गत विद्यालयका कक्षा कोठाहरूमा शुद्ध खानेपानीको व्यवस्थापनका लागि फिल्टर, हात धुने पानीका लागि स्टिल ट्याङ्की, टुटी धारा मर्मत तथा जडान, शौचालय व्यवस्थापन, महिनावारी स्वच्छताका लागि प्याड डिस्पोजल स्थल तथा जनचेतनामूलक होडिङ बोर्डका लागि सहयोग प्राप्त भएको र सोही बमोजिम कार्य भएको विद्यालयका प्रधानाध्यापक दीर्घ कठायतले बताउनु भयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसैबिच, परियोजना अन्तर्गत दिपायल सिलगढी नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरू र विद्यालयहरूमा भए गरेका कार्यहरूको शुक्रबार स्थलगत अनुगमन तथा सुपरिवेक्षण गर्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले खानेपानी सरसफाइ र स्वच्छताका सन्दर्भमा राम्रो कार्य भएको र नगरपालिका समेत त्यसमा केन्द्रित रहेको बताउनु भएको छ । उहाँले दिपायल सिलगढी नगरपालिका भित्र पानीको अभाव रहेका क्षेत्रहरूमा पानी पु¥याउने गरी नगरपालिकाले योजना बनाएको र यसै आर्थिक वर्ष भित्र ती क्षेत्रहरूमा पानीको सहज आपूर्ति भइसक्ने दाबी गर्नुभयो ।

Dirghayu Ads

उहाँले दिपायल सिलगढी नगरपालिका भित्रका सहरी तथा ग्रामीण क्षेत्रहरूमा सरसफाइ र आमनगरबासीको स्वच्छताका सन्दर्भमा समेत नगरपालिकाले नीतिगत योजना बनाइ कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो । महिलाहरूका लागि दैनिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने गरी जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको र किशोरीहरूका लागि महिनावारी स्वच्छताका निम्ति विद्यालयसँग समन्वय गरी स्यानीटरी प्याडको प्रयोग र उचित व्यवस्थापनका कार्यहरू भइरहेको नगर प्रमुख मलासीले बताउनु भएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ स्थित दिल्पेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिलाल शाहुको अध्यक्षता तथा नगर प्रमुख मञ्जु मलासीको प्रमुख आतिथ्यमा आयोजित स्थलगत अनुगमन तथा सुपरिवेक्षण कार्यक्रममा नगर उपप्रमुख शिवराज खड्का, प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङ, सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशी, स्वास्थ्य शाखा प्रमुख सम्झना पर्छाइ, शिक्षा शाखा प्रमुख शङ्कर बोगटी, परियोजनाका टिम लिडर नीरज कुमार थारु, निड्स नेपालका आन्तरिक लेखा परीक्षक संयोजक देवचन्द्र उपाध्याय, निड्स नेपालका दीर्घ राज ओझा, परियोजना सहायक दीपेन्द्र चौधरी सहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । हरिश्चन्द्र बागले नेपालबोध डककम लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.