सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेस्ट इन्डिजका चन्द्रपउलले विराटनगर वारियर्सबाट ईपीएल खेल्ने

वेस्ट इन्डिजका हेमराज चन्द्रपउलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । चन्द्रपउलले विराटनगर वारियर्सबाट चौथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।

विराटनगरले चन्द्रपउललाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । उनले वेस्ट इन्डिजका लागि ६ एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । चौथो संस्करणको ईपीएल क्रिकेट आउने असोज ९ देखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

Sana Kishan

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट सङ्घ (क्यान) ले मान्यता दिसकेको छ । साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाण्डौ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्ने छन् । उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.