दार्चुलामा काँप्दाकाँप्दै ३३ वर्षिय धामीको मृत्यु

दार्चुलाको मार्मा गाउँपालिकाका एक पुरुष मृत फेला परेका छन् । मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घरबाट काम बिशेषले लटिनाथ बजार जान्छु भनी हिँडेकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त घरमा धामीको शव फेला परेको हो ।

तारासिह धामीलाई स्थानीयले घरमा पुजापाठ गर्न र धामी काँप्न बोलाएकोमा काँप्दाकाँप्दै ढलेर मृत्यु भएको सुन्नमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

घटनबारे थप बुझ्नका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट जगत मल्लको कमाण्डमा प्रहरी टोली खटिएको थियो । मृतकको शवलाइ पोष्टमाटमको लागि शुक्रबार गोकुलेश्वर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Total
136
Shares
Related Posts

करेन्ट लागेर दार्चुलामा  एक महिलाको मृत्यु

दार्चुला – जिल्लाको महाकाली नगरपालिका – ३ झुस्कुमा करेन्ट लागेर शनिबार एक महिलाको घटनास्थलमै ज्यान गएको छ ।…
पुरा पढ्नुहोस

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस
Total
136
Share