केहीबेरमा तेह्रथुम पावरको आईपीओ यसरी बाँडफाँड गर्ने तयारी, सबैभन्दा छिटो नतिजा कसरी हेर्ने ?

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ आज बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलोटमेन्ट सम्पन्न भएको थियो भने आज शुक्रबार शेयर बाँडफाँड हुने छ । आज बिहान १० बजे बाँडफाँड गर्ने गरी तयारी भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो ।

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका सर्वसाधारणका लागि छुट्याएको थियो ।

भाद्र १३ गते सम्ममा कम्पनीको शेयरमा २३ लाख भन्दा धेरैले आवेदन दिएका थिए । आइपीओ बाँडफाँड भएपछि

iporesult.cdsc.com मा नतिजा हेर्न सकिन्छ । तर छिटो रिजल्ट निकाल्ने काम भने बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले आफ्नो वेबसाईटबाट गर्न सक्नेछ । खबर बोर्ड

Total
31
Shares
Related Posts

दशैँ नजिकिएसँगै म्याद सकिएका सामान बेच्ने क्रम बढ्यो

व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण…
पुरा पढ्नुहोस

’माउन्टेन फ्लाइट’ सुरु हुँदै, यतीको उडान हरेक आइतवार

दोस्रो लकडाउनपछि रोकिएको पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु हुने भएको छ । बुद्ध एअरले आउँदो शनिवारदेखि…
पुरा पढ्नुहोस
Total
31
Share