सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भदौ २५ सम्म भ्याटको बिक्री तथा खरिद खाता बुझाउन नसक्नेलाई ३१ गतेसम्मको समय

मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता भएका करदाताले साउन महिनाको कर विवरण २५ भदौभित्र आन्तरिक राजस्व विभागमा बुझाउनुपर्छ । तर, यस पटक विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका वा विभागले तोकेका करदाताले प्राविधिक कठिनाइका कारण २०७८ साउन महिनाको विवरण पेश गर्न नसकेको गुनासो गरेका छन् ।

प्राविधिक कारणले बिक्री खाता र खरिद खाता विद्युतीय माध्यमबाट अपलोड गर्न नसकेका र भ्याट विवरण बुझाउन नसकेका करदाताले यो अवधिभित्रै विवरण पेश गर्न सक्ने भएका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार २५ भदौभित्र साउन महिनाको खरीद तथा बिक्रि खाता अपलोड गर्न नसक्ने करदातालाई भदौ ३१ सम्मको समय दिइएको छ । सो अवधिसम्म पनि नबुझाएमा भने तोकिएअनुसार जरिवाना हुने विभागले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

विभागले बिक्री तथा खरिद खाता अपलोड गर्न समस्या भएका करदाताका लागि खाताको नमुना नै परिवर्तन गरी नयाँ ढाँचा आन्तरिक राजस्व विभागको वेबसाइटमा राखेको छ । अब करदाताले नयाँ ढाँचाका खाता डाउनलोड गरी ३१ भदौभित्र विद्युतीय माध्यमबाटै अपलोड गर्नुपर्ने गरी निर्माण भएको विभागले जानकारी गराएको छ ।

Dirghayu Ads

यसअघि एक्सेल सीट तयार गर्दा वस्तुको परिमाण र मापन गर्ने इकाई एकै महलमा उल्लेख गर्ने गरेको, मिति उल्लेख गर्दा ‘वर्ष.महिना.दिन’ ढाँचामा हुनुपर्नेमा अन्यथा भएको, कुल जोड जम्मामा पनि प्राविधिक कठिनाइ भएको र करदाताको इन्टरनेट ब्याण्डविथ कम भएका कारण समेत बिक्री तथा खरिद खाता अपलोडमा समस्या देखिएको विभागले जनाएको छ ।

अब के गर्ने ?

विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाताले प्रयोगमा ल्याएको सफ्टवेयरबाट तोकिएको नयाँ ढाँचामा प्रत्येक कर अवधिको बिक्री खाता र खरिद खाता तयार गरी सो खाता अपलोड गर्नुपर्ने हुन्छ । विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति नलिएका करदाताले भने विभागको वेबसाइटमा राखिएको नयाँ बिक्री खाता र खरिद खाताको एक्सेल फर्म्याट डाउनलोड गरी त्यसमा प्रत्येक कर अवधिको बिक्री र खरिद कारोबार उल्लेख गरेर अपलोड गर्नुपर्ने भएको छ । एउटै बिलबाट एक पटकमा धेरै वस्तु खरिद वा बिक्री भएको अवस्थामा सम्भव भएसम्म अलग–अलग वस्तुको विवरण अलग–अलग महलमा उल्लेख गर्न समेत विभागले भनेको छ ।

Sana Kishan

सम्भव नभए एउटै महलमा ‘विविध वस्तु’ उल्लेख गरी खाता तयार गर्नुपर्ने समेत विभागले जानकारी दिएको छ । खरिद वा बिक्री गरिएका वस्तुको परिमाण अंकमा लेख्नुपर्ने हुन्छ । यसको मापन गर्ने इकाई (थान, संख्या, किलो, लिटर, दर्जन) भने अर्को महलमा उल्लेख गर्नुपर्ने भएको विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । विभागले परिमाण र इकाई एकै महलमा उल्लेख नगर्न समेत भनेको छ । परिमाण र इकाई एकै महलमा राखेमा खाता अपलोड नहुने भन्दै विभागले सचेत समेत बनाएको छ । खाताको कुल जोड जम्मा उल्लेख नगर्न र कारोबारको मिति उल्लेख गर्दा ‘वर्ष.महिना.दिन’को ढाँचा अपनाउन समेत भनिएको छ ।

मूल्य अभिवृद्धि कर नियमावलीको २३ औं संशोधनबाट खरिद तथा बिक्री कारोबारको प्रत्येक कर अवधिको कर अभिलेख करदाता स्वयंले प्रमाणित गरेको खरिद तथा बिक्री खातामा राख्नुपर्ने प्रावधान राखेको छ । यस्तो विवरण विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाता वा विभागले तोकेका अन्य करदाताले प्रत्येक कर अवधिको कर विवरण पेश गर्नपर्छ । सो विवरण पेश गर्दा खरिद तथा बिक्री कारोबारको विवरण विभागले तोकेको ढाँचामा विद्युतीय माध्यमबाट पेश गर्नुपर्छ ।

कस्ता करदाताले पेश गर्नुपर्छ विद्युतीय माध्यमबाट विवरण ?

आन्तरिक राजस्व विभागबाट विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका सबै करदाताले यो प्रक्रिया अनुसार नै विवरण बुझाउनुपर्छ । २०७७ असारदेखि २०७८ जेठ महिनाको कर विवरणमा ५ करोड रुपैयाँभन्दा बढी बिक्री कारोबार (कर लाग्ने बिक्री र निर्यातसमेत) घोषणा गरेका सबै करदातालाई समेत विद्युतीय माध्यमबाट खाता पेश गर्ने समूहमा राखिएको छ ।

यी दुईबाहेक मूल्य अभिवृद्धि करमा दर्ता रहेका अन्य करदाताले स्वेच्छिक रुपमा आफ्नो बिक्री र खरिद खाता विद्युतीय माध्यमबाट पेश गर्न सक्नेछन् । यसरी अपलोड गरेको विवरणलाई प्रिन्ट गरी करदाता आफैंले प्रमाणित गरेर राख्न सक्छन् । यस अवस्थामा करदाताले छुट्टै खरिद खाता र बिक्री खाता राखिरहनुपर्दैन ।

अपलोड गर्ने प्रक्रिया कस्तो छ ?

विभागको वेबसाइट ‘डब्लुडुब्लुडब्लु डट आइआरडी डट जीओभी डट एनपी’मा गएर ट्याक्सपेयर पोर्टलमा क्लिक गरी ट्याक्सपेयर लगइनमार्फत करदाताले सर्वप्रथम आफ्नो पेज खोल्नुपर्छ । त्यसपछि तोकिएको ढाँचामा यस्तो खाता अपलोड गर्न सकिन्छ । अपलोड गर्ने फाइनल १०० एमबीभन्दा बढी हुनु हुँदैन, त्यसो भएमा एक्सेल फाइललाई धेरैवटा फाइलमा विभाजन गर्नुपर्छ । अच्युत पुरीले अनलाइन खबरमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.