नेपालले बंगलादेशलाई २–१ गोलले हरायो

नेपाली महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पराजित गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गरेको हो।

नेपालको जितमा दुवै गोल डेब्यू खेलाडीले गरे । खेलको १४ मिनेटमा सविता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । उनले डिबक्सभित्रबाट हेडमार्फत गोल गरेकी थिइन् ।

खेलको २३ मिनेटमा अर्की डेब्यू खेलाडी प्रिती राईले नेपालको अग्रता दोब्बर पारेकी थिइन् । दोस्रो हाफमा बंगलादेशले गोल फर्कायो। बंगलादेशका लागि तौरा खातुनले गोल गर्न सफल भइन् ।

यो खेल नेपाली महिला टिमले दशरथ रंगशालामा खेलेको पहिलो खेल हो । सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि नेपालले दशरथ रंगशालामा खेल्ने अवसर पाएको थिएन । दशरथ रंगशालामा खेल्ने अवसर नेपाली महिला टिमले अन्तर्राष्ट्रिय खेल खेल्न थालेको ३५ वर्षपछि मात्र पायो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ । यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ । उपहार खबर बाट सभार

Total
7
Shares
Related Posts

आईपीएलमा दिल्लीले राजस्थानलाई ३३ रनले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले हराएको छ । राजस्थानलाई हराउँदै दिल्ली अङ्क…
पुरा पढ्नुहोस

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौको विजयी सुरुवात

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा काठमाण्डौले…
पुरा पढ्नुहोस

‘त्रिवि क्रिकेट मैदानले आराम नै पाउँदैन’

त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो…
पुरा पढ्नुहोस
Total
7
Share