सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाका ७६ वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, ८ वडामा चुनाव

154
Sana Kishan

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही भाद्र २१ गते बैतडीमा सम्पन्न भएको वडा अधिवेशन अन्तर्गत ८ वडामा निर्वाचन मार्फत वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।

८४ वडा मध्ये ७६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । केही वडामा सभापति र केही वडामा क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको उनले बताए ।

Arus

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ३, डिलाशैनी गाउँपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं ६ र ७, पाटन नगरपालिका ७ र दशरथचन्द नगरपालिका ८ मा वडा निर्वाचन भएको निर्वाचन अधिकृत जोशीले बताए ।

Karnali Traders

यस्तै सिगास गाउँपालिकाका पनि दुईओटा वडामा निर्वाचन मार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका जानकारी प्राप्त भएको जोशीले बताए ।

निर्वाचन भएका वडाहरु मध्ये केहीमा वडा सभापति र केहीमा क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन भएको हो । वडा अधिवेशन सम्पन्न भएपछि यही भदौ २७ गते हुने पालिका अधिवेशनका लागि निर्वाचन समितिले तयारी गरिरहेको जोशीले जानकारी दिए । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.