सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निरोगी जीवनका लागि जान्नैपर्ने खानपानको पाँच सर्त

खाना नै औषधि हो । र, विष पनि । अर्थात स्वस्थ्यकर, पोषिलो, सुपाच्य, मौसमी खानपानले शरीरलाई निरोगी र जवान राख्छ । तर, खराब खानपानले शरीरलाई रोगी र जीर्ण बनाउँछ । यसैले खानपानका बारेमा केही आधारभूत कुरा जान्न जरुरी छ ।

खाना त हामी खाइरहेकै हुन्छौं । दिनमै दुई–चार पटक खाना खान्छौं । तर, कस्तो खाना ?

खानाको छनौट र खानपानको शैलीले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । खानपानमा लापरबाही गरे शरीर रोगी हुन्छ । खानपानमा सर्तक र सजग भए शरीर तन्दुरुस्त रहन्छ ।

World Link Ads
Mahakali Polytechnic

गुलियो खाने कि टर्रो ?

Dirghayu Ads

खानपानको सम्बन्धमा एउटा घतलाग्दो तथ्य छ । हामीलाई मिठो लाग्ने खानेकुराको सूची तयार गरौं त । सबैभन्दा मिठोबाट क्रमस नमिठो खानेकुराको सूची तयार गर्दा यस्तो बन्छ–

एक, गुलियो । दुई, नुनिलो । तीन, पिरो । चार, अमिलो । पाँच, तितो । छ, टर्रो ।

अब मिठोको यो सूचीलाई ठिक पछाडिबाट राख्नुपर्छ, जो स्वास्थ्यका लागि प्राथमिकतामा पर्न जान्छ । अर्थात स्वास्थ्यका लागि क्रमस टर्रो, तीतो, अमिलो फाइदाजनक मानिन्छ । गुलियो खानेकुरा स्वास्थ्यका कम प्राथमिकतामा पर्छ ।

आर्युवेदले खानाको यी ६ स्वाद नै पहिचान गरेको हो । सन्तुलित खानाका लागि हामीलाई तितो, अमिलो, पिरो, गुलियो सबै किसिमको स्वाद आवश्यक हुन्छ । तर, हाम्रो जिब्रो गुलियो, नुनिलो खान्कीमा जति पल्किएको छ, तीतो, टर्रोमा उति पल्किएको छैन ।

भनिन्छ, आर्युवेदमा सन्तुलित भोजनको व्यवस्था हजारौं बर्षअघि भएको हो । शरीरलाई आवश्यक सबै किसिमका पोषक तत्व सम्मिलित भोजनलाई आर्युवेदले ६ वटा स्वादमा पहिचान गरेको छ । गुलियो, नुनिलो, अमिलो, पिरो, तितो, टर्रो प्रमुख स्वाद हुन् ।

मौसमी खानेकुरा कि वेमौसमी ?

प्रकृतिले हामीलाई सबै स्वाद, रंगको खानेकुरा दिएको छ । ति खानेकुराको स्वाद, रंग अनुसार प्राप्त हुने पोषण तत्व फरक–फरक छ । सन्तुलित आहारका लागि सबै किसिमको स्वाद मिसाए जस्तै रंग–विरंगी खानेकुरा पनि सामेल गर्नुपर्छ । रंग विरंगी भनेको कृतिम रंग मिश्रण गरिएको होइन, प्राकृतिक रंग हो ।

Sana Kishan

हामीले खानेकुरा सेवन गर्दा मौसमी खानेकुरा नै रोज्नुपर्छ । जाडो याममा पाक्ने फल, सागसब्जी र बर्षा याममा फल्ने फल एवं सागसब्जी एकैनास नहुन सक्छ । कतिपय खानेकुरा जाडोमा पाक्छ, कति गर्मीमा । यसरी प्राकृतिक रुपले उत्पादन भएको मौसमी खानेकुुरा सेवन गर्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । किनभने जुन मौसममा हाम्रो शरीरमा जुन किसिमको पोषक तत्व आवश्यक हुन्छ, प्रकृतिले त्यही अनुसारको फल, सागसब्जी, अन्न फलाउँछ ।

अहिले वेमौसमी सागसब्जी, फलफूल उत्पादन गर्ने प्रचलन छ । भण्डारण गरेर पनि फरक मौसमको फलफूल, तरकारी अर्को मौसममा बिक्री गरिन्छ । यसले हाम्रो स्वाद त फेरिन्छ, स्वास्थ्यलाई भने हानी गर्छ । वेमौसमको फल, सागसब्जी स्वास्थ्यमैत्री खान्की होइनन् ।

काँचो खाने कि पकाएर ?

हामीले खाने कतिपय खानेकुरा पकाएर खान मिल्छ, कति काँचो । पकाएर खाइने खानेकुरा पनि कसरी पकाउने, कति समय पकाउने, कति खाने भन्ने कुरामा हेक्का राख्नुपर्छ । हामी स्वादको लागि खानेकुरा लामो समय पकाएर खान्छौं । अनेकथरी मरमसला मिसाउँछौं । यसले खानेकुरामा रहेको पोषक तत्व नष्ट हुने मात्र होइन, पाचन प्रणालीलाई बोझिलो बनाउन सक्छ ।

एकसाथ धेरैथरी खाने कि एकथरी ?

हामी एकसाथ धेरैथरी खानेकुरा बनाएर सेवन गर्छौं । यसरी थरीथरीका परिकार बनाएर सेवन गर्दा शरीरले सबै किसिमको पोषक तत्व प्राप्त गर्छ भन्ने हामीलाई लाग्छ । भोजभत्तेर वा कुनै विशेष समारोहमा पनि थरीथरीका खानेकुरा एकसाथ खाने गरिन्छ । वास्तवमा यसरी एकसाथ धेरैथरी खानेकुरा सेवन गर्दा ति खानेकुरा आपसमा मिल्दैनन् । यसले प्रतिकुल असर गर्छ । सन्तुलित खानेकुरा खानुपर्छ भन्नुको अर्थ एकै पटकमा सबै किसिमको खानेकुरा खाने भन्ने होइन । बरु पटक पटक भिन्न भिन्नै पोषक तत्वयुक्त खानेकुरा सेवन गर्नु हो ।

कतिपय खानेकुरा विजातिय हुन्छन्, जो आपसमा मिसाएर सेवन गर्दा पाचन यन्त्रमा विभिन्न समस्या निम्त्याउँछ । त्यस्ता खानेकुरा आपसमा मिसिएर विषाक्त पनि बन्छ । त्यसैले सन्तुलित आहार भन्दैमा एकसाथ थरीथरीका खानेकुुरा सेवन गर्नु होइन ।

धेरै खाने कि थोरै ?

धेरै खानेकुरा सेवन गर्दा पोषिलो हुन्छ भन्ने हामीलाई लाग्छ । जतिसक्दो धेरै खानेकुरा सेवन गरेपछि बलियो, निरोगी भइन्छ भन्ने लाग्छ । तर, धेरै खानेकुरा खाएर होइन, बरु पचाएर स्वस्थ्य हुने हो ।

एकसाथ धेरै खानेकुरा सेवन गर्दा पाचन यन्त्रमा भार पर्छ । खानेकुरा पच्दैन । यो शरीरका लागि हानिकारक हुन्छ । बरु थोरै, थोरै तर पटक पटक सेवन गर्नु राम्रो मानिन्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.