सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धर्म र विज्ञानको मिलनबिन्दु कहाँ भेटिन्छ ?

96
Sana Kishan

संसारमा दुई किसिमका दार्शनिक विचारका व्यक्तिहरू हुन्छन् । एकाथरीले अतीतको कुरा गर्छन् त अर्को पक्षले भविष्यको कुरा गर्ने गर्छन् । इतिहास खोतल्दा समकालीन समयमा ‘पागल’को संज्ञा दिइएका व्यक्ति नै पछि गएर ठूलो आध्यात्मिक व्यक्तित्व बन्ने गरेको देख्न सकिन्छ । विगतको बारेमा कुरा गर्ने इतिहासकारहरू, पुरातत्वविद्हरू आदि हुन् भने भविष्यको बारेमा कुरा गर्नेहरू भविष्यवक्ता, काल्पनिक र कविहरू हुन् ।

सामान्यतया धर्म भन्नेबित्तिकै मान्छेले हिन्दु, बौद्ध, इस्लाम र इसाई जस्ता साम्प्रदायिक धार्मिक संस्थालाई मान्ने गर्छन् । अर्काेतर्फ विज्ञान भन्नेबित्तिकै प्रविधिको विकास, विलासिताका बस्तुहरूको उत्पादन आदिलाई मान्ने गरिन्छ । तर यी दुवै परिभाषाले गहन रूपमा धर्म र विज्ञानलाई परिभाषित गर्ने गरेको पाइँदैन । सामान्यतया धर्म भनेको मान्छेको कर्तव्य वा दायित्व हो भने विज्ञान भनेको सिक्ने सिकाइ हो । आफ्नो सत् कर्मबाट नै मान्छे विज्ञानमा पारंगत हुन्छ । त्यसैले वास्तविक अर्थलाई परिभाषित गर्ने हो भने त धर्मविना विज्ञान अधुरो हुन्छ भने विज्ञान विना धर्म खोक्रो हुन्छ ।

Arus

सामान्यतया साम्प्रदायिक धर्मलाई नै धर्म मान्ने र अहिलेको नयाँ आविस्कारको भौतिक विज्ञानलाई नै विज्ञान मान्ने हो भने चाहिँ धर्म र विज्ञानको बीचमा विपरीत किसिमको मत पाइन्छ । समाजमा धर्म मान्ने र नमान्ने दुई किसिमका व्यक्तिहरू हुन्छन् । धर्म नमान्नेले विज्ञानलाई मान्छन् भने धर्म मान्नेले धर्म र विज्ञान दुवैलाई मान्छन् । तर त्यो विज्ञान धर्मले स्वीकारेको हुनुपर्छ ।

आखिर धर्म र विज्ञानबीचको मिलनबिन्दु के होला ? कि त धर्म र विज्ञानबीच कतै पनि तादात्म नै हुँदैन होला त ? यस विषयमा केही तथ्यहरू खोज्नु उपयुक्त हुन सक्छ ।

प्रसिद्ध वैज्ञानिक ब्वायलले एक सिद्धान्त प्रतिपादन गरे । जसमा कुनै पनि बस्तुमा दबाब बढाउने हो भने त्यसको आयतन बढ्छ भन्ने कुरा पत्ता लगाइएको थियो । अर्थात् आयतन र दबाब दुवै एक अर्काका विपरीत अनुपातमा हुन्छन् । पूरा हावा भरेर एउटा बेलुनलाई निश्चित आयतनसम्म फुलाउन सकिन्छ र फेरि त्यसलाई हातले दबाब दिएर आफू अनुकूलको आकारमा यसलाई ढाल्न सकिन्छ ।

Karnali Traders

यसरी नै धर्म र विज्ञान एक अर्काका विरीत अनुपातमा देखाउने गरिन्छ । अर्थात् जहाँ धर्म हुन्छ त्यहाँ विज्ञानको आवश्यकता कम हुने गर्छ र जहाँ विज्ञान आउँछ त्यहाँ धर्मको कुरा कम हुन्छ । तर हामीले बुझेजस्तै यी दुई विषय परस्पर विपरीत अनुपाती विषय हुन् त ?

तार्किक दृष्टिले हेर्ने हो भने धर्म र विज्ञान दुवैका बीचमा अन्योन्याश्रित सम्बन्ध पनि रहेको पाइन्छ । स्त्रीको आफ्नो प्रकृति हुन्छ, पुरुषको आफ्नो प्रकृति हुन्छ । दुवैको इच्छाहरु आ–आफ्नो किसिमको हुन्छ । किन्तु एक अर्काको विना दुवै अपूर्ण हुन्छ । जीवनको आनन्द त्यतिबेला आउँछ कि जब धर्म र विज्ञानलाई हामीले एकसाथ लिएर अघि बढ्न सक्छौं । विज्ञान र धर्म दुवैको मुख्य उद्देश्य भनेको मान्छेको चरम खुसी र उसको हितको रक्षा गर्नु हो ।

अहिलेको अवस्थालाई हेर्ने हो भने हामीले विज्ञान भनेर बुझ्ने भौतिक विज्ञान मान्छेको भौतिक सुखको लागि सहायक बन्ने गरेको छ । आधुनिक प्रविधिले मान्छेको आधाभन्दा धेरै काम सहजै फत्ते गर्न सक्ने प्रविधि आइसकेको छ । तर आध्यात्मिक खुसी ? आध्यात्मिक खुसीको लागि अझै पनि धर्मको विकल्प आएको छैन ।

पूर्वीय दर्शनले मान्छेमा त्रिविध दुःखको बारेमा उल्लेख गरेको छ । आधिदैविक, आधिभौतिक र आध्यात्मिक दुःखमध्ये विज्ञान आधिभौतिक दुःखको मुक्तिका लागि जिम्मेवार छ भने धर्म आध्यात्मिक दुःख निवारणको लागि ।

विज्ञानले केवल मान्छेको दैनिकीलाई सहज बनाउने गर्छ । तर यसले मान्छेको सन्तुष्टि र स्थायी खुसी ल्याउन सक्दैन । त्यसैले धर्म र विज्ञान एक अर्कामा फरक हुँदाहुँदै पनि यी दुईको मिलनबिन्दु मान्छेको खुसीमा आएर अड्किने गर्छ । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.