सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तपाईंको प्रेम एकतर्फी की चञ्चल ? यसरी चिन्नुहोस् !!

33
Sana Kishan

प्रेम, एक अनुभूति हो । प्रेमको कुनै रुप हुँदैन । रंग हुँदैन । तरपनि प्रेम एकनास हुँदैन । भनिन्छ, प्रेम थरीथरीका हुन्छन्।

कुनै नवजवान युवायुवतीबीचको प्रेममा आ–आफ्नै उदेश्य र स्वार्थ जोडिएका हुन्छन्। आमा र बच्चाबीचको प्रेम भिन्न हुन्छ। साथी–साथीबीच हुने प्रेम भिन्न हुन्छ । तौर–तरिका पनि फरक हुन्छ। प्रेम व्यक्त गर्ने शैली फरक हुन्छ। यस्ता अनेक विविधता हुन्छ, प्रेममा ।

Arus

एकपटक घोत्लिनुहोस् त । यहाँ उल्लेख गरिएकामध्ये कुन किसिमको प्रेम तपाईंले गर्नुभयो ? गरिरहनुभएको छ ? के तपाईको प्रेम निस्वार्थ थियो ? के तपाईंको प्रेममा शारीरिक कुरा गौण थिए ? के तपाईंको प्रेममा आत्मिक सम्बन्ध मात्र थियो ?

भुक्तभोगीहरुले प्रेमलाई अनेक स्वरुपमा वर्गिकरण गरेका छन् ।

कामुक प्रेम

यस किसिमको प्रेममा यौन र आकंक्षाले ठाउँ लिएको हुन्छ । यस किसिमको प्रेम–अभिव्यक्ति भावुक हुन्छ, र जब तपाईं कुनै अर्को व्यक्तिसँग आकषिर्त हुनुभयो भने त्यसको अनुभव गर्नुसक्नुहुनेछ।

यस्तो प्रेम दुई व्यक्तिको इच्छाबाट हुन्छ । इरोटिक लभ महसुष गर्नका लागि तपाईंलाई रोमान्टिक रिलेशनशिपको आवश्यक्ता हुँदैन ।

वैश्विक प्रेम

प्रेमको एक प्रकार, जब तपाई कुनै अपरिचितसँग अचानक प्रेममा पर्नुहुन्छ, किनकी ऊ एकदमै अप्ठ्यारो हालतमा गुज्रिरहेका हुन्छ । यो एक प्रकारको मानव व्यवहार हो ।

यो प्रेमलाई साहनुभूतिको रुपमा पनि बुझ्न सकिन्छ । अन्य व्यक्तिका लागि चिन्तित हुनु, यो पूर्ण रुपले स्वभाविक हो । र, यही युनिभर्सल लभ हो।

निस्वार्थी प्रेम

यो युनिभर्सल प्रेमको दोस्रो चरण हो । यसमा जब तपाईं कसैसँग प्रेम गर्नुहुन्छ भने, त्यसमा तपाईको कुनै स्वार्थ, अपेक्षा हुँदैन । यो एक किसिमको आत्मिक प्रेम पनि हो । किनभने यसको अनुभूति पनि एकदमै जादुई हुन्छ ।

चञ्चल प्रेम

यो प्रेमको त्यो स्टेज हो, जहाँ दुई व्यक्तिले प्रेमलाई सुरुवाती चरणमा एकदमै हल्का रुपले लिन्छन् । त्यसको भरपुर फाइदा उठाउँछन् पनि । एकअर्कासँग भरपुर आनन्द लिन्छन् । यस्तो प्रेममा दुबैले राम्रो मित्रताको अनुभव गर्छन्।

Karnali Traders

वासनायुक्त प्रेम

कतिपयले प्रेम गर्छन्, केवल शारीरिक आवश्यक्ता पुरा गर्नका लागि मात्र । उनीहरुको एउटै उदेश्य हो, शारीरिक सम्पर्क। त्यही कुरालाई ध्यानमा राखेर उनीहरु प्रेमको नाटक गर्छन् । जब आफ्नो लक्ष्य पुरा हुन्छ, त्यो प्रेममा पूर्णविराम लाग्छ।

एकतर्फी प्रेम

अक्सर प्रेममा दुई जनाको समानन्तर उपस्थिती आवश्यक हुन्छ । जब दुई मन एक हुन्छ, तब उनीहरुमा प्रेम हुन्छ।

तर, कतिपय अवस्थामा एक जनाले मात्र एकोहोरो प्रेम गर्ने प्रवृत्ति पनि देखिन्छ । यो प्रेम निकै खतरनाक र चुनौतिपूर्ण हुन्छ। निरर्थक पनि।

तपाईं यदि कसैलाई धेरै प्रेम गर्नुहुन्छ, तर उनले कुनै वास्ता गर्दैनन् भने, त्यो एकतर्फी प्रेम हो । तपाईंले जतिसुकै प्रयास गरेपनि उनले त्यसमा साथ दिदैन, तपाईंप्रति कतिपनि पग्लदैन भने, त्यस्तो प्रेमको अर्थ पनि हुँदैन।

प्लेटोनिक लभ

यस किसिमको प्रेममा सेक्स वा रोमान्टिक फिलिङ आउँदैन । न त पार्टनरसँग कुनै अपेक्षा गरिन्छ । यस प्रकारको प्रेम दुई मित्रका बीच देख्न सकिन्छ । प्लेटोनिक लभमा तन, मन र धनले एकअर्काको सहयोग गरिन्छ।

आफैलाईं प्रेम

तपाईं आफैले आफैसँग पनि प्रेम गर्नुहुन्छ । तपाईं जसरी हुन्छ, आफुलाई खुसी, सुखी राख्ने प्रयास गर्नुहुन्छ। आफैप्रति प्रेमभाव राख्नुहुन्छ । यस्तो अवस्थामा तपाईं त्यही काम गर्नुहुन्छ, जुन तपाईंलाई राम्रो लाग्छ । र, त्यसले तपाईंलाई सन्तुष्ट तुल्याउँछ।

साँचो प्रेम

हामीले राम्रो लभस्टोरी फिल्ममा देख्ने जस्तै प्रेम हो यो। यसमा एकअर्काप्रति दुबै इमान्दार हुन्छन् । दुबै आकषिर्त हुन्छन् । र, दुबैले एकअर्कालाई उत्तिकै प्रेम गर्छन्। यस्तो प्रेममा स्वार्थ, वासना केहीपनि हुँदैन।

पप्पी प्रेम

यो प्रेम तपाईं आमाबुबा र बच्चाबीच हुनसक्छ। दिदीभाई, दाजुबहिनीबीच हुनसक्छ। खासगरी बाल्यकालमा यस किसिमको प्रेम अनुभव हुन्छ। नयाँ पुस्ता बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.