सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली–कञ्चनपुरमा छाडा पशु चौपाया व्यवस्थापनमा चुनौती

सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी कार्यमा चुनौती देखिँदा छाडा चौपायाले निम्त्याउने समस्या पनि बढ्दै गएको छ। गाईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाईसहित गोरु, बाच्छाबाच्छी छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा चौपाया व्यवस्थापन कार्य पनि चुनौतीपूर्ण बनेको हो।

छोडिने चौपायाले बालीनाली खाएर नष्ट पार्दा पुग्ने क्षतिबाट किसानमा हैरानी भएको छ। गाउँबस्तीका किसान छाडाचौपायावाट आ–आफनो बाली जोगाउन रातभर नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको धनगढीका किसान हरिबहादुर चौधरी बताउछन्। छाडा पशु चौपायाको व्यवस्थापनका लागि पछिल्ला तीन ÷चार वर्षदेखि प्रयास भइरहेको भए पनि समस्या समाधान हुन सकिरहेको छैन।

कतिपय क्षेत्रमा स्थानीय पालिका र सङ्घ संस्थाको पहलमा गौशालाको निर्माणसहित यस्ता पशु चौपायाको व्यवस्थापन गर्ने गरिएको छ। यो समस्या सोचेअनुसार न्यूनीकरण हुन सकेको छैन। व्यवस्थापनको प्रयासस्वरुप केही क्षेत्रमा खुला ठाउँको जग्गामा वरिपरी काँडेतारको घेरबार गरी बनाइएको खोरमा गाई गोरु राखिने भए पनि यस्तो खोरमा घाँस र दानापानी जुटाउन सकिएको छैन।

World Link Ads
Mahakali Polytechnic

धनगढी उपमहानगरपालिका–७ का वडाध्यक्ष सीताराम राना जति प्रयास गरे पनि यो समस्या समाधान गर्न मुस्किल भइरहेको बताउछन्। ‘‘सुरुको अवस्थामा १०० पशु अटाउने क्षमताको गौशाला निर्माण गरेर पशु चौपायाको व्यवस्थापन गर्न थाल्यौं,’’उनले भने,‘‘व्यवस्थापन गर्दै गर्दा नगर क्षेत्र बाहिरबाट चौपाया ल्याएर बजारमा छोडिदिने प्रवृत्तिले समस्या यथावत् छ।’’

Dirghayu Ads

उपमहानगरपालिकाको पहलमा उक्त वडाको देवहरिया क्षेत्रमा सञ्चालन गरिएको गौशालामा ३०० भन्दा बढी चौपाया राखेर व्यवस्थापन भइरहेको छ। उपमहानगरपालिकाको पहलमा विगतमा पशु चौपायालाई बझाङ्ग जिल्ला पु¥याएर त्यहाँका गरिब तथा विपन्न परिवारलाई निःशुल्क वितरण गरेर व्यवस्थापन गरिने प्रयास पनि गरिएको थियो।

तर, यो काम सफल हुन सकेको छैन। स्थानीयको पहलमा मुठीदानबापत दाताबाट सङ्कलन भइरहेको नगदबाट धनगढी उपमहानगरपालिका—३ मा अर्को गौशाला सञ्चालनमा छ। तर स्थायी रुपमा आर्थिक स्रोत जुट्न नसक्दा यो गौशालामा राखिएका गाई, गोरुपालनमा समस्या भइरहेको सञ्चालकले बताएका छन्।

‘‘धनगढीका केही दाताबाट मुठीदानबापत सङ्कलन गरिने केही नगद रकमले गौशाला सञ्चालनमा थोरै मद्दत पुगेको छ,’’ गौशाला सञ्चालकको नेतृत्वकर्ता रीता अवस्थीले भने,‘‘घाँस, दानापानी र हेरालोको लागि चाहिने खर्च स्रोत नजुट्दा चौपायापालनमा निकै कठिनाइ भोग्नु परेको छ।’’गौशालामा रहेका पाँच दर्जन भन्दा बढी छाडा गाई गोरुलाई घाँसपात र चरिचरनको समस्या छ।

पशु कल्याणका क्षेत्रमा कार्यरत संस्था स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठ सामुदायिक छाडापशु व्यवस्थापन गर्ने नाममा केही ठाउँमा काँडेतारवारको घेराभित्र पशु चौपाया राखेर व्यवस्थापन गर्दा धेरै पशु खाना नपाइ मर्ने गरेको देखिएको बताउछन्। ‘‘राष्ट्रिय जनावर गाईको हामी नेपाली लक्ष्मीको रुपमा पूजा गर्छौ’’,उनले भने, ‘‘गाईको मलमूत्र प्रयोग गरेर जैविकबाली उत्पादन गर्न सकिने भए पनि पशुकल्याणमा लापरवाही हुँदा समस्या जटिल बन्दै गएको छ।’’

Sana Kishan

पशु कल्याणका लागि उपयुक्त कानून र नियम बनाएर अघि नबढ्दासम्म यो समस्या समाधान नहुने उनको भनाई छ। संस्थाको पहलमा पशुकल्याणको विषयमा दिइएको मुद्दामा सर्वोच्च अदालतले दुई वर्षअघि परमादेश जारी गरेको थियो।

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पहलमा धनगढीमा आयोजित सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी अन्तक्र्रियामा छाडा पशु चौपायाको समस्या राष्ट्रिय समस्याको रुपमा देखिएकोले स्थानीय तह, प्रदेश र केन्द्र सरकारलगायत सरकोकारवाला सबैको संयुक्त पहलमा समाधानको पहल हुनुपर्ने आवश्यकता औल्याइएको थियो।

प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति अन्तर्गतको उपसमितिको एक टोली दुई दिनअघि छाडा चौपायाका कारण सिर्जित समस्याका बारेमा स्थलगत रुपमा अध्ययन गरी फर्किएको छ। समितिका सदस्य प्रतिनिधिसभाका सदस्य भवानी खापुङले निकुञ्ज, वन क्षेत्र र सडकमा हजारौं हजार गाईगोरु छाडा छोडिएको देखिँदा अवस्था अस्तव्यस्त रहेको पाइएको बताए।

‘‘कतिपय ठाउँमा गौशाला निर्माण गरी छाडा पशुको व्यवस्थापन भइरहेको भए पनि यो समस्या समाधान हुनसकेको छैन,’’उनले भने, ‘‘यो समस्या समाधानका लागि समितिमार्फत नेपाल सरकारलाई सुझाव दिनेछौं।’’ समस्या अध्ययनका लागि आएको उपसमितिमा प्रतिनिधिसभाका सदस्य खापुङ, राजबहादुर बुढाक्षेत्री, भूपेन्द्रबहादुर थापा, शान्ति पाख्रिन सहभागी थिए।

यो टोलीले राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना र भेरी बबई डाइभर्सन आयोजनाको पनि स्थलगत रुपमा निरीक्षण अध्ययन गरेको छ। पछिल्ला केही वर्षदेखि सडकमा जताततै देखिने छाडा चौपायाका कारण ट्राफिक व्यवस्थापनलाई दुरुस्त राख्नमा समेत चुनौती देखिएको छ।

क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाले सडकमा हिँड्ने छाडा चौपायाकै कारण गत दुई वर्षयता २८ वटा सवारी दुर्घटना भएको जनाएको छ। यो दुर्घटनमा परी दुई व्यक्तिको मृत्यु र धेरै व्यक्ति घाइते भएका थिए। ‘‘कैलाली र कञ्चनपुर जिल्लाको मुख्य र सहायक सडक वरपर छ हजार भन्दा बढी छाडा चौपाया रहेको अनुमान छ’’, कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बामदेव गौतमले भने,‘‘ छाडा चौपायाकै कारण सडक दुर्घटना बढ्न थालेका छन्।’’

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न छाडा छोडिएका पशु चौपायाको घाँटीमा ‘रिफ्लेप्टिक स्टिकर’ लगाउन थालेको छ। तर यो स्टिकर गाईगोरुको घाँटीबाट चँुडिने समस्या देखिँदा त्यति प्रभावकारी नभएको बताइएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.