सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेले निष्कासन गरेका १४ सांसद उपस्थित भए संसद् चल्न दिइने छैन : अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निष्कासन गरेका १४ जना सांसद आजको संसद् बैठकमा उपस्थित भएमा सदन चल्न नदिने चेतावनी दिनुभएको छ ।

एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफूहरूले हटाइसकेका व्यक्ति सांसद पदमा नरहेको भन्दै गैरसांसदको उपस्थितिमा सदन चल्न नदिइने बताउनुभयो । एमालेले बर्खास्त गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखप्रति आक्रोशित भइरहने ओलीले आजको संसदीय दलको बैठकमा पनि सापकोटाको आलोचना गर्नुभएको थियो ।

Sana Kishan

माधव नेपालसहितका १४ जना सांसदलाई साउन २५ गते नै निष्कासन गरिएकाले आजको बैठकमा उनीहरू उपस्थित हुनै नमिल्ने ओलीको तर्क छ ।

World Link Ads
Mahakali Polytechnic

यदि एमालेले कारबाही गरेका व्यक्ति सांसद पदमा रहिरहने हो भने माओवादीले कारबाही गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतका व्यक्तिलाई पनि हाजिर गराउनुपर्ने ओलीको जिकिर छ । उज्यालो अनलाइन बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.