सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अफगानिस्तानको नयां प्रधानमन्त्रीमा अखुन्द नियुक्त,बरादर बने उपप्रधानमन्त्री

अफगानिस्तानमा तालिबानले नयां सरकार गठनको घोषणा गरेको छ । अफगानिस्तानको अन्तरिम प्रधानमन्त्रीमा मुल्लाह मोहम्मद हसन अखुन्द नियुक्त भएका छन् । प्रधानमन्त्री बन्ने चर्चामा रहेका मुल्ला अब्दुल गनी बरादरलाई उपप्रधानमन्त्री बनाईएको छ । त्यसैगरी द्धितिय उपप्रधानमन्त्रीमा मुल्ला अब्दुल सलाम हनफीलाई नियुक्त गरिएको छ ।

अफगानिस्तानको रक्षामन्त्रीमा मुल्लाह याकुब र गृहमन्त्रीमा सराजुद्दिन हक्कानी नियुक्त भएका छन् । उनि हक्कानी नेटवर्कका प्रमुख पनि हुन । याकुव मुल्ला उमरका छोरा समेत हुन । हक्कानीको नाम अमेरिकी एजेन्सी एफबीआईको आतंकवादीको सुचीमा समेत छ ।

प्रधानमन्त्री नियुक्त गरिएका हसन अखुंदको दुई दिन पहिले मात्र प्रधानमन्त्री बन्ने चर्चा सुरु भएको थियो । हसन तालिबानको शक्तिशाली निर्णय लिने निकाय रहबारी शूरा या नेतृत्वको परिषदको प्रमुख थिए । उनि तालिबानको जन्मस्थल मानिने कान्दहार निवासी हुन भने तालिबानका संस्थापक समेत हुन । हसन धार्मीक नेता समेत हुन । उनि करिव २० वर्षदेखी शेख हैबतुल्ला अखुंजादाको नजिक रहेर काम गरेका थिए । अखुंजादाको इरानकोजस्तै अफगानिस्तानको सुप्रीम लिडर बन्न लागेका हुन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

तालिबानको पछिल्लो सरकारमा उनि गवर्नर तथा मन्त्री थिए । त्यसका साथै तालिबानका संस्थापक एवंम् पूर्व सुप्रीम कमाण्डर मुल्ला उमरका सल्लाहकार समेत थिए । उनको नेतृत्वको सरकारलाई अन्तरिम सरकार भएको बताइएको छ ।

Dirghayu Ads

बरादरलाई प्रधानमन्त्री बन्न भने पाकिस्तानी खुफिया एजेन्सी आईएसआईले रोकेको आरोप छ । तालिबानले विदेशमन्त्रीमा अमीर खान मोत्ताकीलाई नियुक्त गरेको छ । नयां क्याविनेटमा अर्थमन्त्रीमा मुल्ला हिदायतुल्ला,कानुनमन्त्रीमा मौलवी अब्दुल हकीम शरिया र खुफियाको उपप्रमुखमा मुल्ला ताज मीर जावद नियुक्त भएका छन् ।

तालिनबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले अहिलेको सरकार अन्तरिम सरकारको रहेको बताएका छन् । तालिबानले अगस्ट १५ मा काबुल कब्जा गरेको थियो । काठमाण्डुपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.