सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उद्यमी युवालाई बिनाधितो रिण उपलब्ध गराउने त्रिपक्षिय सम्झौता

नविल बैंक नेपाल सरकार राष्ट्रिय युवा परिषद र पञ्चेश्वर गाउँपालिका बिच उद्यमी युवाहरुलाई विना धितो रिण उपलब्ध गराउने त्रिपक्षिय सम्झौता भएको छ। नेपाल सरकार राष्ट्रिय युवा परिषद, बैतडीको पञ्चेश्वर गाउँपालिका र नविल बैंक विच गाउँपालिकाका युवाहरुलाई उद्यमी कर्जा उपलव्ध गराउने भन्ने सहमती भएको गाउँपालिका अध्यक्ष गोरख वहादुर चन्दले बताउनुभयो ।

‘गाउँपालिकाका व्यवसाय गर्न चाहाने र व्यवसाय गदै आइरहेका सय देखि डेढ सय जाना उद्यमीयुवालाई विना धितो र विना व्याजको कर्जा उपलव्ध गराउने सहमती भएको छ’ अध्यक्ष चन्दले भने ।

Sana Kishan

मंगलवार नविल बैंकको केन्द्रिय कार्यालयमा नेपाल सरकार राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधप ढुंगेल, गाउँपालिका अध्यक्ष गोरख वहादुर चन्द र नबिल बैंक केन्द्रिय कार्यालयका दिगो विकास प्रवन्धक लिला प्रशाद ओझाले सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् ।

World Link Ads
Mahakali Polytechnic

राष्ट्रिय युवा परिषदले गाउँपालिकाका युवाहरुलाई एक हप्ते निशुल्क व्यवसायिक तालिम दिने छ । बैंकले गाउँपालिकाका उद्यमी युवाहरुलाई रु ५ देखि १५ लाख सम्म ५ बर्षमा फिर्ता हुने गरि विना धितो व्याज नलिने गरेर उपलव्ध गराउने छ । मोहन चन्दले dibyastra.com मा लेखेका छन्।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.