दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला श्रीलंकालाई

Sri Lanka’s cricketers celebrate their victory by 78 runs at the end of the third one-day international (ODI) cricket match between Sri Lanka and South Africa at the R. Premadasa Stadium in Colombo on September 7, 2021. (Photo by ISHARA S. KODIKARA / AFP) (Photo by ISHARA S. KODIKARA/AFP via Getty Images)

घरेलु टोली श्रीलंकाले दक्षिण अफ्रिकासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । कोलम्बोमा तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै श्रीलंकाले शृङ्खला २–१ ले जितेको हो ।

श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो । दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले सर्वाधिक २२ रन जोडे । श्रीलंकाका महेस थिक्सनाले ४ तथा वाविन्दु हसरंगा र दुश्मन्था चामिराले २÷२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । श्रीलंकाका चारिथ असालंकाले सर्वाधिक ४७ रन जोडे । दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा जर्ज लिन्डे र ट्राबेज शाम्सीले २÷२ विकेट लिए । पहिलो खेलमा श्रीलंका १४ रनले विजयी भएको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले ६७ रनले जितेको थियो । उज्यालो अनलाइन बाट सभार

Total
37
Shares
Related Posts

आईपीएलमा दिल्लीले राजस्थानलाई ३३ रनले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले हराएको छ । राजस्थानलाई हराउँदै दिल्ली अङ्क…
पुरा पढ्नुहोस

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौको विजयी सुरुवात

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा काठमाण्डौले…
पुरा पढ्नुहोस

‘त्रिवि क्रिकेट मैदानले आराम नै पाउँदैन’

त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो…
पुरा पढ्नुहोस
Total
37
Share