रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई कोरिया पठाउने तयारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ ।

भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने सम्बन्धमा दुई देशका प्रतिनिधित्व छलफल भएको हो ।

कोरोना संक्रमणको दर दुवै देशमा कम भएपछि जनस्वास्थ्यका मापदण्ड पूरा गरेर लैजाने सम्बन्धमा नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकबीच छलफल भएको हो । उपहार खबर बाट सभार

Total
21
Shares
Related Posts

मिर्गौलामा संक्रमणको सामान्य लक्षण

मिर्गौलाको समस्या दिनप्रतिदिन बढ्दो छ । खासगरी खराब दिनचर्या र खानपानले मिर्गौलामा अनेकन समस्या देखापर्न थालेका छन् ।…
पुरा पढ्नुहोस

इटलीमा कर्मचारीहरुका लागि हरियो पास अनिवार्य गरिने

इटलीमा कर्मचारीहरुका लागि हरियो पास अनिवार्य गरिने भएको छ । कर्मचारीहरूले खोप लगाएको, कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ…
पुरा पढ्नुहोस
Total
21
Share