सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यथास्थितिमा एमसिसी पास हुँदैन, अमेरिकाको जवाफमा निर्भर हुन्छ : पुष्पकमल दाहाल ‘प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संशोधनबिना पास नुहुने बताएका छन्।

मंगलबार पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेकै अवस्थामा एमसिसी पास नहुने बताएका छन्।

Sana Kishan

प्रचण्डको भनाइलाई उदृत गर्दै वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले थाहाखबरसँग भने, ‘एमसिसी अहिलेकै अवस्थामा संशोधनबिना अघि बढ्न सक्दैन। सरकारले अमेरिकालाई कुटनीतिक नोट पठाएको छ। त्यसको जवाफ आएपछि त्यसबारेमा निर्णय हुन्छ।

World Link Ads
Mahakali Polytechnic

यस्तै, वाइसिएलको राष्ट्रिय सम्मेलन आगामी फागुनभित्र गर्ने निर्णय भएकोसमेत इन्चार्ज सापकोटाले बताए। सम्मेलनको आयोजक कमिटीको संयोजकमा सुमन देवकोटा र सह संयोजकमा सुवोध शेर्पाली तोकिएको समेत बताए। इन्चार्ज सापकोटाले भने, ‘फागुनमा सम्मेलन गर्ने तयारी भएको छ। तर, अहिले मिति तय भइसकेको छैन।’ भदौ १२ देखि १५ सम्म काठमाडौंमा भएको राष्ट्रिय भेलाले २०४ जना केन्द्रीय सदस्य चयन गरेको थियो। थाहा खबर बाट सभार

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.