सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

४४ अंकले नेप्से घट्दा कारोबार रकम ७ अर्बमै खुम्चियो

शेयर बजार फेरि ओरालोतिर लागेको छ। सोमबार १६१ अंकले वृद्धि भएको नेप्से मंगलबार ४४ अंकले घटेर २९३६.६० विन्दुमा पुगेको छ। कारोबारको तेस्रो दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। कारोबार रकम ७ अर्ब ४९ करोडमा सीमित भयो।

सोमबार अर्थमन्त्री जनादर्न शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच टेलिफोनवार्ताको समाचार बाहिरिएपछि शेयर बजार एकाएक उकालोतिर लागेको थियो। फेरि शेयर बजार घट्न थालेपछि लगानीकर्ता निराश देखिएका छन्।

मंगलबार कारोबारमा आएका २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ५ अरब ४९ करोड मूल्य बराबरमा कारोबार भयो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन परिसूचक सेन्सेटिभ पनि ०.९१ अर्थात् ५.०५ अंकले घटेर ५४८.३५ बिन्दुमा अडेको छ।

World Link Ads
Mahakali Polytechnic

कारोबारको अघिल्लो दिन सोमबार धितोपत्र बजारमा ठूला कम्पनीको शेयर कारोबार मापन परिसूचक सेन्सेटिभ इन्डेक्स ३१.४१ अंकले बढेर ५५३.४० बिन्दुमा पुगेको थियो।

Dirghayu Ads

कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा समूहको परिसूचक बढेको छ। अन्य र सामूहिक लगानीको शेयर मूल्य झिनो अंकले बढेको छ। अन्यको १.०१ प्रतिशत र सामूहिक लगानीको ०.५६ प्रतिशतले परिसूचक बढेको हो।

Sana Kishan

अन्य समूहको परिसूचक ३०२ अंकसम्मले गिरावट आएको छ। विमा कम्पनी ३०२, निर्जीव विमा २९०, माइक्रोफाइनान्स १४६.७७,होटल एन्ड टुरिजम १०९.१४ अंकको गिरावट आएको छ।

शेयर बजार ओरालो लागेपनि सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले सकारात्मक सर्टिक लाग्यो। कारोबारको आधारमा युनाइडेट मोदी हाइड्रोपावर अग्रस्थानमा रह्यो। अघिल्ला कारोबार दिनमा कारोबारको आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको थियो।

सो कम्पनीको १० लाख ३९ हजार ६०० सय कित्ता शेयर ६१ करोड ९२ लाख ९१ हजार मूल्य बराबरको खरिद बिक्री हुँदा अरुणा भ्यालीको ३८ करोड ४२ लाखको शेयर कारोबार भयो।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजार निरन्तर ओरालो लागेको लगानीकर्ताको बुझाइ छ। बैंकले मौद्रिक नीतिमार्फत एउटा वित्तीय संस्थाबाट चार करोड र सबै वित्तीय संस्थाबाट १२ करोड रुपैयाँभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यवस्था गरेको छ।

सोमबार एक्कासी नेप्सेमा उच्च वृद्धि भएसँगै लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेपछि बिक्री चाप बढ्न जाँदा शेयर बजारमा उचारचढाव देखिएको हो। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.