सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सभामुख सापकोटाविरुद्ध मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन मानेन । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले अन्तरिम आदेश नदिएको हो ।

सर्वोच्चले सोही मुद्दामा छलफलका लागि भदौ २८ गते दुबै पक्षलाई बोलाएको छ । सो रिटमा अन्तरिम आदेश दिने÷नदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई झिकाउने आदेश दिएको अदालत प्रशासनले जनाएको छ।

Sana Kishan

एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै अध्यक्ष ओलीले सो विरुद्ध रिट दायर गरेका थिए । एमालेले माधव नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगराएको भन्दै संघ र लुम्बिनी प्रदेशका सभामुख सापकोटाविरुद्ध रिट दायर गरेको थियो । अन्नपूर्ण पोस्ट बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.