सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विक्रम सोबको शानदार डेब्यू, ओडीआईमा पहिलो बलमै विकेट

नेपाली क्रिकेटर विक्रम सोबले ओडिआई क्रिकेटमा शानदार डेब्यू गरेका छन् ।

उनले मंगलबार पपुवा न्युगिनीविरुद्धको पहिलो ओडिआईमार्फत डेब्यू गरे । साथै उनले डेब्यू खेलको पहिलो बलमै विकेट लिँदै गज्जब सुरुवात गरेका छन् ।

नेपालको लागि सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए । त्यसपछि विक्रमले दोस्रो ओभर बलिङ गरे । जहाँ उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै पपुवा न्युगिनीका ओपनर टोनी उरालाई बोल्ड गरे । उनी १ रन बनाएर आउट भए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

विक्रम ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी छन् विश्व क्रिकेटमा २८औ खेलाडी बने ।विक्रम पहिलो ओभर विकेट लिँदै मेडन राखे ।
त्यसपछि उनले आफ्नो दोसो ओभरमा असद भालालाई आरिफ शेखबाट क्याचआउट गराए ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा भइरहेको खेलमा विक्रमसंगै कुशल भुर्तेल र आसिफ शेखले पनि ओडिआईमा डेब्यू गरेका छन् । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.