सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकामा अब घरबाटै कर तिर्न सकिने

116
Sana Kishan

कञ्चनपुर – जिल्लाको भीमदत्त नगरपालिकाले अनलाईन करदाता पोर्टल तयार पारेको छ। नगरपालिकाले कार्यालयको सेवालाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि करदाता पोर्टल सञ्चालनमा ल्याएको हो । नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश प्रशाद भट्टले अनलाईनबाट सेवाग्राहीले कर भुक्तानी गर्न सक्नेगरी पोर्टल सञ्चालन गरिएको बताए ।

उनका अनुसार अब नगरपालिकाको भीमदत्त करदाता पोर्टलमार्फत नगरवासीले घरमै बसेर कर तिर्न सक्नेछन्।साथै करदाताले व्यक्तिगत विवरण, सम्पत्ति विवरण, कर तिर्नुपर्ने विवरण तथा कर तिरेको विवरण लगायतको विवरण कर अनलाईन पोर्टलमा हेर्न सक्नेछन्। अनलाईन कर भुक्तानी प्रणालीबारे नगरवासीलाई जानकारी दिने नगरपालिकाको योजना समेत रहेको छ ।

Arus
Karnali Traders

अनलाईन करदाता पोर्टल सञ्चालनमा आएसँगै नगरवासीले राजस्व तिर्न नगरपालिका धाउनुपर्ने बाध्यता हट्नेछ । नगरपालिकाले गत आर्थिक वर्षमा २३ करोड ३१ लाख ७२ हजार ७ सय रुपयाँ आन्तरिक आय(राजस्व) संकलन गरेको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.