सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बागमतीमा १८ लाखले लगाए पूर्ण खोप

16
Sana Kishan

बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लगाएका छन्।

बागमतीमा १८ वर्ष उमेरमाथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको संख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ। प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको संख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ।

Arus
Karnali Traders

देशभर कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोपको पहिलो मात्रा लगाउनेको संख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ रहेको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.