सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धोकेबाज पार्टनर हो वा होइन यसरी चिन्नुहोस् !!

98
Sana Kishan

कसैसँग सम्बन्ध गाँस्दा हामी जुगौंसम्म कायम रहोस् भन्ने कामना गर्छौं। खासगरी जीवनसाथीको सन्दर्भमा।

आफुले श्रीमती बनाएर भित्र्याएका महिला होस् वा श्रीमान् स्विकारेका पुरुष हुन्, अजन्म साथ दिने वाचा गर्छौं । यो जुनी मात्र होइन, अर्को जुनीमा पनि एकअर्काको साथ रहोस् भन्ने आकंक्षा राख्छौं।

Arus

जब हामी कसैसँग दाम्पत्य सम्बन्ध गाँस्न पुग्छौं, जीवनभर एकअर्काको माया र भरोसामा बाँच्न पाइयोस् भन्ने चाहन्छौं । हुनपनि माया र भरोसामै दाम्पत्य जीवन टिकेको हुन्छ। एकअर्काप्रति अघात प्रेम र दरिलो भरोसा नै दाम्पत्य सम्बन्धको कडी हो।

कसैलाई श्रीमान् वा श्रीमतीको रुपमा स्विकार्नु र अंगाल्नु सामान्य कुरा पनि होइन। किनभने विवाह भनेको एकपटक मात्र गरिन्छ भन्ने मान्यता छ।

दूर्भाग्यवस् कतिपयको वैवाहिक सम्बन्ध दिगो रहँदैन । जीवनभर नछुट्ने वाचा गर्दै जोडिएका कतिपय सम्बन्धमा फाटो आउँछ। उनीहरु एकसाथ बस्नै नसक्ने हुन्छन्। र, सधैका लागि अलग हुन्छन् ।

जीवनभर कसैसँग यसरी बस्न सकिदैन कि, जहाँ गुनासा, अभाव, मतभेद, कलह, असन्तोष, आशंका हुन्छ । प्रेम, भरोसा, सरसहयोग आदिको आडमा मात्र जीवनभर कसैसँग एकसाथ जीवन साट्न सकिन्छ ।

त्यसैले जोसँग मन मिल्दैन, उनीसँग जीवनभर एकसाथ बस्नु यातना भोग्नु सरह हुन्छ । यस्तो अवस्थामा सम्बन्ध विच्छेद गर्नु नै उत्तम हुन्छ ।

यद्यपि सम्बन्ध विच्छेद गर्नु त्यती सहज निर्णय होइन । जीवनको एउटा मोडमा आएर सम्बन्धलाई सधैका लागि बिट मार्नु भनेको सानोतिनो दुर्घटना सामना गर्नुपनि हो ।

सम्बन्ध विच्छेद गरिरहँदा त्यसले आफुलाई पार्ने मनोवैज्ञानिक असर त छँदैछ, छोराछोरी, परिवार, आफन्त र इष्टमित्रलाई त्यसले पार्ने असर अरु भयानक छ ।

Karnali Traders

त्यसैले सम्बन्ध विच्छेद भन्न जति सजिलो छ, गर्न उत्ति सहज छैन । सम्बन्ध विच्छेदपछि अर्को घरजाम गर्न पनि त्यती सहज छैन । त्यसैले कसैलाई जीवनसाथीको रुपमा अंगाल्दा हामी जीवनभरका लागि भन्ने सोच्छौं ।

हो पनि, विवाह गरेर कसैलाई आफ्नो बनाइन्छ भने जीवनभर एकअर्काको साथ कायम रहनुपर्छ । तर, सधै हामीले सोचेजस्तो हुँदैन ।

कतिपय जीवनसाथी धोकेबाज निस्कन सक्छन् । उनीहरुले आफ्नो कुरा लुकाउने, छलकपट गर्न सक्छन् । त्यसैले यस्ता जीवनसाथीसँग सर्तक हुनुपर्छ।

केही यस्ता संकेत छन्, जसले आफ्ना जीवनसाथीको मनोदसा बुझ्न सकिन्छ । आफ्नो जीवनसाथीको मनस्थिती गडबड छ वा उनको व्यवहार शकास्पद छ भन्ने कुरा थाहा पाउन सकिन्छ।

यदि आफ्ना पार्टनर बोलचाल गर्न त्यती रुची राखिरहेका छैनन्, अरु बेला जस्तो खुलेर बोल्ने, घर–व्यवहारको कुरा गर्ने, रमाउने गर्दैनन् भने उनमा केही गडबड छ भनेर बुझ्न सकिन्छ।

सामन्य अवस्थामा भन्दा फरक व्यवहार देखाउन थाले भने उनीमाथि शंका गर्नुपर्ने हुन्छ । जस्तो कि, नियमित समयमा घर नआउने, घरको खानामा रुची नराख्ने, घर–परिवारसँग हेलमेल नहुने।

अहिले सामाजिक सञ्जालले पनि दम्पतीबीच फाटो ल्याउने गर्छ । किनभने विवाहेत्तर सम्बन्धको पछाडि सामाजिक सञ्जालको दुरुपयोग व्यापक रुपमा हुँदै आएको पाइन्छ। त्यसैले पार्टनर सामाजिक सञ्जालमै बढी मग्न भइरहे, पासवर्ड लुकाउने गरे उनको नियतमाथि शंका गर्न सकिन्छ।

यदि तपाईंको बारेमा पार्टनरले चासो राखिरहेका छैनन्। तपाईंको खुसीमा रमाउन र दुःखमा साथ दिन तयार छैनन् भने पनि पार्टनरको नियत गडबड छ भनेर बुझ्न सकिन्छ। नयाँ पुस्ता बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.