सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो संसद विघटन केपी ओलीको बाध्यता थियो : नेम्वाङ

नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले दोस्रो पटक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बाध्यता रहेको बताएका छन्।

युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले भने, ‘संसद काम गर्न सकिरहेको छैन। हाम्रो अध्यक्षले भन्नुभएको थियो, यो संसदले काम गर्न सक्ने अवस्था छैन। उहाँले त्यही भएर विघटन गरिदिनुभयो। तर, सर्वोच्च अदालतले पुनःस्थापना गरिदियो। हामी अदालतको फैसला स्वीकार गरेर सहभागी भएका थियौँ।’

पहिलो पटक पुनःस्थापनापछि पनि संसदले काम गर्न नसकेपछि दोस्रो पटक प्रधानमन्त्री ओलीले संसद विघटन गरेको उनको भनाइ छ।

World Link Ads
Mahakali Polytechnic

नेता नेम्वाङले भने, ‘दोस्रो संसद विघटन गर्नु प्रधानमन्त्रीको बाध्यता थियो। दोस्रो पटक पनि पुनःस्थापित गर्यो। त्यसमा धेरै कुरा जोडिएको छ। अदालतले शेरबहादुर देउवा सरकार जन्माएको छ। जसलाई सर्वसाधारणले समेत परमादेशको सरकार भन्नुहुन्छ।’

परमादेशको सरकार भएकै कारणले ५० दिनसम्म सरकारले पूर्णता नपाएको उनले बताए।

‘मन्त्रिपरिषद् विस्तार गर्दा दल फुट्ने हो कि सरकार ढल्ने डरले विस्तार गर्न सकेको छैन। जननिर्वाचित केपी ओली सरकारलाई विस्थापित गरेर जनताको पक्षमा सिन्को नभाँच्ने सरकार परमादेशबाट आएको छ’ उनले भने।

Sana Kishan

सरकारको विजनेसले संसद् चल्ने भए पनि सरकारले विजनेस दिन नसकेको उनले बताए। दलीय प्रणाली भएको व्यवस्थालाई ह्वीप नलाग्ने गरि अदालतले फैसला गरेको उनको भनाइ छ।

संसदमा पुगेपछि केपी ओली नै प्रधानमन्त्री भएर आउने भएकाले अदालतले गौँडा रोकेर देउवालाई प्रधानमन्त्री नियुक्ति गरेको नेम्वाङको दाबी छ। एमाले विभाजन गर्नको लागि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको उनको भनाइ छ।

सरकारले प्रतिपक्षी दलसँग परामर्शबिना संसद विघटन गरेर अध्यादेश ल्याइएको उनले बताए।

एमालेले कारबाही गरेका सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै नेम्वाङले भने, ‘टोपबहादुर रायमाझी र प्रभु शाह लगायतको कारबाही प्रचण्डले पठाउने वित्तिकै कारबाही गरेको सूचना टाँस गर्नुभयो। तर, एमालेले कारबाही गरेकोमा उहाँ अध्ययन गरेको गर्यै हुनुभयो। उहाँले निर्वाचन आयोगलाई कारवाही विचाराधीन रहेको पत्र पठाउनुभयो।’

सभामुखको कदम जालझेलपूर्ण र असंवैधानिक भएकाले अदालतमा मुद्दा दर्ता गरेको उनले बताए। आफूहरु जनताबाट विस्थापित नभएकाले परमादेशबाट विस्थापित भएकाले पुनः फर्किने दाबी गरे। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.