सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोरखा नगरपालिकाका विद्यालयहरु २८ गतेबाट खुल्ने

गोरखा नगरपालिकाका विद्यालयहरु यही भदौ २८ गतेबाट खुल्ने भएका छन् । आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्न पाउने निर्णय गरेको हो ।

कोरोनाका कारण विगत पाँच महिनादेखि विद्यालयहरु बन्द छन् । शिक्षा समितिको बैठकअघि शिक्षासँग सम्बन्धित विभिन्न सरोकारवालासँग छलफल भएको थियो ।

सहभागीले भौतिक उपस्थिति गराएर विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा नगर शिक्षा समितिले बिद्यालय खोल्ने निर्णय गरेको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

२५० जनासम्म विद्यार्थी भएका विद्यालयले एक सिफ्टमा पठनपाठन संचालन गर्न सक्ने र सो भन्दा बढी विद्यार्थी भएका विद्यालयले विद्यालय व्यवस्थापन÷संचालक समितिबाट कार्यविधि स्वीकृत गराइ एक सिफ्टमा चार घण्टाको समयावधि नघट्ने गरी पठनपाठन संचालन गर्न पाउने शिक्षा शाखाले जनाएको छ ।

स्वीकृत गरिएको कार्यविधि नगरपालिकामा बुझाउनसमेत भनिएको छ । गत बिहीवार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले बिद्यालय संचालन गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय गरेको थियो । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.