सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यसरी चिन्नुस् तपाईका सक्कली र नक्कली साथी !!

सक्कली र नक्कली साथी चिन्न निक्कै गार्हो छ। जिन्दगीमा धेरै साथी भेटिन्छन् तर असली साथी चिन्न भने सजिलो छैन।

तपाईंका लागि हरदम जे गर्न पनि तयार हुने व्यक्ति नै तपाईको असल साथी हो । यहाँ केही यस्ता कुरा बताउँदैछौं जसबाट तपाईं असली र नक्कली साथी छुट्ट्याउन सक्नुहुन्छ ।

असल साथीले तपाईंलाई हमेसा प्रोत्साहन गर्ने मात्र नभएर तपाईको हरेक कदममा साथ दिन्छ । हरेक व्यक्तिमा कुनै न कुनै बेवकुफी हुन्छ । तर साँचो साथीले बेवकुफीका बावजुद पनि तपाईंलाई माया गर्छ ।

World Link Ads
Mahakali Polytechnic

कहिलेकाहीँ तपाईं नराम्रो काम गरेर फस्नुहुन्छ । यस्तो बेलामा तपाईंका नक्कली साथीहरूले तपाईंलाई डुबाइदिन्छन् । तर सक्कली साथीले तपाईंलाई अप्ठ्यारोबाट निकाल्न मदत गर्छ र माफ पनि गरिदिन्छ । तपाईं गलत नै भएपनि सच्चा साथीले तपाईंको साथ र हात कहिल्यै छोड्दैन ।

Dirghayu Ads
Sana Kishan

समय संगसंगै तपाईंको रुचि परिवर्तन हुन्छ । नक्कली साथीले तपाईंको नयाँ रुचिलाई मजाकमा उडाइ दिन्छन् । तर साँचो साथीले तपाईंको नयाँ रुचिमा समर्थन जनाउँछ ।

तपाईंको खराब बानी छ भने सच्चा साथीले त्यसलाई सुधार्न सहयोग गर्छ । नक्कली साथीहरू तपाईंसँग काम परेमा मात्र सम्पर्क गर्छन् । तर सच्चा साथीले तपाईंसँग कुनै पनि बेलामा सम्पर्क गर्न सक्छन् किनकि उनीहरू तपाईंको जिन्दगीमा के के भइरहेको छ जान्न चाहन्छन् ।

साँचो साथीले तपाईंलाई व्यस्त समयतालिकाका बाबजुद पनि भेट्छन् ।सच्चा साथीले तपाईं निराश र उदास हुँदा सहारा दिन्छन् । अप्ठ्यारो अवस्थामा नक्कली साथी त फरार भइहाल्छन् । नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.