सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१० प्रश्नोत्तर यौन–जीवनसँग जोडिएका !!

अक्सर यौनका कुरामा हामी उति खुल्दैनौं । मनभित्रका कतिपय जिज्ञासा पनि मनमै दबाएर बस्छौं । जबकि जीवनकै एक अभिन्न पाटो हो, यौन । खासगरी दाम्पत्य सुखमा यौनले विशेष भूमिका खेल्छ ।

यौनलाई दम्पतीले सहज रुपमै स्विकारेका हुन्छन् र स्वाभाविक क्रियाको रुपमा यसलाई लिने गर्छन् । तर, सबै दम्पतीको यौन जीवन सुखमय हुँदैन । उनीहरु यौनसँग सम्बन्धित कुनै न कुनै समस्याबाट ग्रसित हुन्छन् । कतै यौन क्रियाको क्रममा हुने दुखाइ त कतै शीघ्र स्खलनको समस्या । यावत् कुरा दम्पतीले मनभित्रै लुकाउने गर्छन् । आफ्नो यौन जीवनमाथि बहस गर्न चाहँदैनन् । अतः यहाँ केही त्यस्ता प्रश्नोत्तर पेश गरिएको छ, जो धेरैजसो दम्पतीका साझा समस्या हुन् ।

१. यौन क्रियाका क्रममा मलाई हल्का दुखाइ महसुस हुन्छ । म जान्न चाहन्छु कि, यसको कारण के हो ?

World Link Ads
Mahakali Polytechnic

यौन क्रियाको क्रममा हल्का दुखाइ हुनुको कारण योनीको संकुचन वा रुखोपन हुनसक्छ । योनीको मांशपेशी खुम्चिंदै गएमा वा सुख्खापन भएमा यौन क्रियाको क्रममा दुखाइ अनुभव हुन्छ । रुखोपनबाट मुक्त पाउन जेल प्रयोग गर्न सकिन्छ । यसैगरी फोरप्लेको समय बढाएर पनि योनीको रुखोपन हटाउन सकिन्छ । तर, तीव्र दुखाइ वा रक्तश्राव पनि हुन्छ भने चिकित्सकलाई भेट्नुपर्छ ।

Dirghayu Ads

२. मेरा श्रीमान मधुमेहका रोगी हुन् । मैले सुनेकी छु, मधुमेह ग्रस्त व्यक्तिको यौन जीवन त्यति राम्रो हुँदैन । के यो सत्य हो ?

मधुमेह मात्र होइन, अरु थुप्रै यस्ता समस्या हुन्छन् जसको असर यौन जीवनमा पर्छ । मधुमेहले कामेच्छालाई त प्रभावित बनाउँछ नै यौन सक्रियता पनि घटाइदिन्छ । अतः पूर्ण रुपमा उनीहरु यौन क्रियामा सहभागी नहुन सक्छन् । त्यसैले मधुमेह, उच्च रक्तचाप नियन्त्रण गर्न जरुरी हुन्छ । यसका लागि स्वस्थ र अनुशासित जीवनशैली, नियमित औषधि सेवन, व्यायाम आदि जरुरी हुन्छ ।

३. के दिनहुँ यौन सम्बन्ध बनाउन सही हो ?

नियमित एवं दिनहुँ यौन सम्पर्क गर्नु कुनै खराब होइन । तर, यस कुराको ध्यान राख्नु जरुरी छ कि पार्टनरलाई जोड जबरजस्ती गर्नु उचित हुँदैन । उनलाई यौनका लागि बाध्य पार्नुहुँदैन । यदि दुवै पार्टनर इच्छुक छन्, समय र परिस्थिति अनुकूल छ भने नियमित यौन सम्पर्क गर्नु राम्रो हो । यसले सम्बन्धलाई अरु प्रगाढ बनाउँछ ।

४. तनावको स्थितिमा यौन सम्पर्क गर्नु उचित होला ?

हुन त कतिपय अवस्थामा यौन सम्बन्धले तनाव कम गर्छ । अर्थात् कतिपय अवस्थामा तनाव कम गर्नका लागि यौन सम्बन्ध बनाउन सकिन्छ । तर, यसबाट तपाईं पूर्णत आनन्दित रहन सक्नुहुन्न । यसले गर्दा तनावमुक्त भएर मात्र यौन जीवनको पनि भरपुर आनन्द लिन सकिन्छ ।

तनावमुक्त रहनका लागि योग, ध्यान, व्यायाम गर्नुपर्छ । यदि त्यसबाट भएन भने मनोवैज्ञानिकसँग भेट्न सकिन्छ ।

५. गर्भावस्थामा मेरो मोटोपन बढेको छ । यसले हाम्रो यौन जीवनलाई कस्तो असर गर्छ ?

Sana Kishan

तपाईं जस्तै महिलाहरु यस्तै सोच्छन् । उनीहरुलाई लाग्छ कि मोटोपनले गर्दा यौन जीवन भनेजस्तो आनन्ददायक हुँदैन । तर, सत्य यस्तो होइन । यौनमा आनन्द लिनका लागि शरीरको मोटोपन खास असर हुँदैन । यो शारीरिक क्रिया अवश्य हो, तर यसमा भावनात्मक सहभागिता बढी महत्वपूर्ण हुन्छ ।

६. मेरा श्रीमान पोर्न मुभी हेर्न रुचाउँछन् । के यो सामान्य हो ?

बेलामौकामा पोर्न मुभी हेर्नु खास नराम्रो होइन । तर, दिनहुँ वा पटक पटक पोर्न मुभी हेर्छन् भने यो समस्या हो । किनभने पोर्न मुभीको लत भएपछि उनीहरुले आफ्नो वास्तविक जीवनमा पनि त्यस्तै अनुशरण गर्न खोज्छन् । तर, फिल्म र वास्तविक जीवन फरक हो । पोर्न मुभीको लतले पार्टनरको अपेक्षा बढाउँछ, जुन दुःख वा कलहको कारण बन्न सक्छ ।

७. गर्भावस्थाको बेला मलाई यौनको इच्छा हुन्छ । तर, मेरो श्रीमान भने यतिबेला यौन सम्बन्ध बनाउनु सुरक्षित नहुने बताउँछन् । के यो सही हो ?

यस्तो होइन । गर्भावस्थाको क्रममा यौन सम्पर्क गर्नु सुरक्षित हो । तर, केही कुरा भने ध्यान दिनुपर्छ । गर्भावस्थाको कुन चरण हो ? यौनमा के कस्ता आसन प्रयोग गर्ने हो ?

यौन सम्पर्कको क्रममा रक्तश्राव हुने वा पेट दुख्ने भयो भने चिकित्सकको परामर्श जरुरी हुन्छ ।

८. मेरा श्रीमान एकदमै लजालु छन् । उनी यौन सम्बन्धमा पनि उति खुल्दैनन् । तब के गरौं ?

हामी सोच्छौं, यौनका क्रममा महिलाको अपेक्षा पुरुष बढी सक्रिय हुन्छन् । तर, यो जरुरी छैन । त्यसैले यौन सम्बन्धबाट भरपुर आनन्द लिनका लागि पुरुषकै भर पर्नुपर्छ भन्ने छैन । तपाईंको सक्रियताले पनि यसमा ठूलो महत्व राख्छ ।

९. विवाह लगत्तै यौन जीवन जति आनन्ददायक हुन्छ, पछि त्यो किन फिका हुँदै जान्छ ?

विवाहका सुरुवाती दिनहरुमा जस्तै यौन जीवनलाई ताजा र रसिलो बनाइराख्न तपाईंहरुले स्थान र आसन परिवर्तन गर्न सक्नुहुन्छ । जस्तो कि, वेडरुमको साटो वाथरुम, लिभिङ रुम आदि । यस्तै फरक फरक यौन आसनले पनि तपाईंहरुको यौन जीवनलाई आनन्ददायक बनाउँछ ।

१०. सही गर्भनिरोधक गोलीको चयन कसरी गर्ने ?

गर्भ निरोधक गोली चयन गरिरहँदा यो कुरा ध्यान दिनुपर्छ कि त्यसको असर आफ्नो स्वास्थ्यमा पनि हुन्छ । अतः आफ्नो शरीर अनुकूल गर्भ निरोधक गोली चयन गर्नुपर्छ । यसैले चिकित्सकको परामर्शमा यसको सेवन गर्नु एकदमै उपयुक्त हुन्छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.