सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कबाडी सामानबाटै सजाउन सकिन्छ घरलाई

जब हामी नयाँ घरमा प्रवेश गर्ने तयारीमा हुन्छौं, हाम्रो साथमा धेरै काम नलाग्ने सामानहरु निस्कने गर्दछन् । नयाँ घर नसर्दा पनि यस्ता सामानहरु ननिस्कने भने होइनन् । नयाँ घरमा प्रवेश गर्ने भनेपछि हामीहरु नयाँ किसिमको उत्साह हुन्छ ।

मानिसको स्वभाव नै त्यस्तै हुन्छ । हामीहरु नयाँ कुरा अपनाउनुपूर्व नयाँ खुशी र उत्साह सिर्जना हुन्छ नै । त्यही उत्साहको समयमा हामी पुराना सामानहरुलाई फ्याँकेर नयाँ सामान किन्ने गर्छौं । तर, त्यो उत्साहको समयमा हामीले धैर्यता भने गुमाउनु हुँदैन ।

नयाँ घरमा सर्ने बेला हामीले त्यो घरको बारेमा केही विषयहरु बुझेर मात्रै जानु राम्रो हुन्छ । एकपटक सरिसकेपछि घर केही वर्षको लागि त्यहीँ बिताउन सक्ने किसिमको हुनुपर्छ । त्यसैले बीचमा समस्या नआओस् भन्नको लागि हामीले घर सर्नुपूर्व नै केही कुराहरु बुझेर सर्नुपर्छ ।

World Link Ads
Mahakali Polytechnic

नयाँ घर सरिसकेपछि पुरानो सामानलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या पर्छ । धेरै जनाका लागि पुराना सामानको व्यवस्थापन टाउको दुखाइको विषय हुनसक्छ । तर, व्यवस्थापन गर्न जानेको खण्डमा कुनैपनि सामानहरु बेका हुँदैनन् ।

कुन सामान कसरी व्यवस्थापन गर्ने ?

अर्काेतर्फ हामी घर सजाउनको लागि ठूलो रकम खर्च गर्छौं । घर बनाउन जतिसुकै खर्च गरेपनि त्यसलाई सुन्दर देखाउन सक्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैले हामी धेरै रकम खर्च गर्नेभन्दा पनि बेकारका भनिएको सामानबाट नै घरलाई सजाउन सक्छौं । त्यसको लागि सबैभन्दा पहिले काम नलाग्ने र सजावटमा काम लाग्ने किसिमका सामानहरु पहिचान गर्न सक्नुपर्छ । त्यसका लागि हामी यहाँ केही जानकारी दिँदैछौं ः

पुरानो ब्याग

पुरानो भइसकेको र काममा नआउने ब्यागलाई फ्याँक्ने होइन । नयाँ लुक्स दिएर आफ्नो मन पर्ने किसिमको फोटो लगाएर भित्तामा सजाउन सकिन्छ । अझ धेरै चाहनुहुन्छ भने त्यसमा कृत्रिम फूलको पनि प्रयोग गर्न सक्नुहुनेछ । यस्ता ब्यागहरु धेरै छन् भने त्यसैलाई भर्टिकल गार्डेनको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

Sana Kishan

काँचका बोतल

पुराना र फुटेका काँचका बोतल हामीहरु फाल्ने गर्छौं । यदि तपाईं चाहनुहुन्छ भने यसलाई घर सजाउनको लागि पनि प्रयोग गर्न सक्नुहुनेछ । पुरानो भएको उन र फेबिकलको सहायताबाट हामीहरु यी बोतलहरुलाई नयाँ रुप दिनसक्छौं । यसको प्रयोग हामी प्लावर पोटको रुपमा पनि गर्न सक्छौं ।

पुरानो दराज

घरको स्टोरमा रहेको पुरानो दराजलाई उठाएर यसको प्रयोग गर्न सकिन्छ । बेकार भएर एउटा कुनामा फालिएको फूलदानी र एण्टिक पिसेजहरुलाई सफा गरेर थोरै मात्रामा डेकोरेट गरेर हामी यसलाई सजाउन सक्छौं ।

पुरानो टायर

पुरानो भएर काम नलाग्ने टायरलाई नयाँ किसिमको एउटा रंग दिएर त्यसको बीचमा माटो हालेर पनि हामी नयाँ किसिमको सजावट गर्न सक्छौं । यस्तो गर्दा यो एक किसिमको गमलाको रुपमा देख्न सकिन्छ । त्यस्तै यही टायरलाई पनि बीचमा माटो हालेर माथि बस्ने कुर्सी जस्तो बनाउन पनि सकिन्छ ।

पुरानो बाक्सा

भलै कसैले पनि पुरानो बाक्सा प्रयोग गर्नर् रुचाउँदैनन् । तर, यो बाहिर फालेर पनि यसको पुनः प्रयोगमा ल्याउन सकिँदैन भने यसलाई नयाँ लुक्स लिएर हामी प्रयोगमा ल्याउन सक्छौं । पुरानो बक्सामा पेन्टिङ गरेर हामी त्यसलाई एउटा घरको कुनामा सजाउन सक्छौं । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.