Bedkot Samudayik Ban

भीमदत्तमा सामुहिक गौरा पर्व सम्पन्न

Sana Kishan
Total
0
Shares

भीमदत्त नगरपालिका वार्ड न १४ मा रहेको नवदुर्गा कृषि समुहले आयोजना गरेको सामुहिक गौरा पर्वको समापन भीमदत्त नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र बिष्टको प्रमुख आतिथ्यमा समापन गरिएको छ ।

Arus

समापन कार्यक्रमको सभापतित्व कृषि समुहका अध्यक्षले गर्नु भएको थियो भने बिशिष्ठ अतिथिमा मझगाउ स्थित श्री देविदल गणका गणपति एवम् प्रमुख सेनानी श्री सुनिल कुमार मल्ल, महेन्द्रप्रकृति संरक्षणकोष शुक्लाफाँटा चाँदमारिका कार्यालय प्रमुख श्री लक्ष्मी राज जोशी, शुक्लाफाँटा मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष श्री लव बिष्ट र भीमदत्त नगरपालिका कार्यपालिका सदस्य श्री कमला देवकोटा रहनु भएको थियो।


अतिथिका रुपमा भीमदत्त नगरपालिका १४ का वडा सदस्य श्री हिक्मत बहादुर बिष्ट , भि न पा १६ निवासि एवम् पर्यापर्यटन दिगो बिकासको लागि उपयुक्त बाटो हो भन्ने उद्देशका साथ शुक्लाफाँटाको पहिचानका लागि अग्रसर “हाम्रो शुक्लाफाँटा , राम्रो शुक्लाफाँटा “ भन्ने नाराका अभियन्ता राजेन्द्र बहादुर चन्द , शुक्लाफाँटामा हुने चोरी सिकार नियन्त्रणका लागि गठित समतिका पुर्व अध्यक्ष श्री महेश दत्त भट्ट , सामुदायिक बिकास केन्द्र बनकट्टिका अध्यक्ष एवम् नेपाली सेनाका पुर्व जमदार श्री राजेन्द्र चन्द , प्राध्यापक श्री हरिलाल जोशी सहित बिभिन्न राजनीतिक दलका प्रतिनिधी , पत्रकार , बुद्धिजीवी , समाजसेवी लगाएत स्थानीयको उपस्थित रहेको थियो।

 

Karnali Traders


कार्यक्रममा स्वागत मन्तब्य गिता दिदिबहिनी समुहका अध्यक्ष एवम् शिक्षिका श्री मिना सिहले राख्नु भएको थियो। प्रतियोगितामा प्रथम , द्वितीय सहित सहभागी टिमलाई प्रशंसा पत्र र नगद पुरुस्कार सहित नगर प्रमुख  सुरेन्द्र बिस्टले  सम्मान गर्नु भएको थियो। उक्त कार्यक्रमको संयोजक भीमदत्त नगरपालिका १४ पलिया निवासी जनक नेगी रहनु भएको थियो।

Total
0
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
0
Share