Bedkot Samudayik Ban

दशैंसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने सरकारको दाबी

Sana Kishan
Total
50
Shares

सरकारले आउँदो दशैं सम्ममा ३३ प्रतिशत मानिसलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो दशैंसम्म ३३ प्रतिशत मानिसलाई पूर्ण खोप लगाइसक्ने योजना रहेको बताउनुभयो ।

Arus

अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दशैंसम्म त्यो संख्या दुई करोड पाँच लाख पुर्याउने उहाँले बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप एक हप्तादेखि १० दिनभित्र ल्याउने पनि बताउनुभयो ।

त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट सभार

Karnali Traders

Total
50
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
50
Share