सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ ।

आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।

५३ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल एमालेका सभामुखसहित २५ सांसद थिए । १३ जनाले एकीकृत समाजवादी रोजेपछि माधवकुमार नेपाल नेतृत्वको दल एमालेभन्दा ठूलो र माओवादी केन्द्र बराबर भएको छ । दुबै दलको १३ सांसद छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

माओवादी केन्द्रका १४ सांसद थिए । एमाले प्रवेश गरेका कारण झपड बोहोरा पदमुक्त भए ।

नेपाली कांग्रेसका १२ सांसद छन् भने जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद छन् । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.