सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्रनीति : यी ९ कुराहरुमा सधै गोपनियता अपनाउनु उचित हुन्छ

आयुर्वित्तं गृहच्छिद्रं मन्त्रमैथुनभेषजम् ।

दानामानापमानं च नवैतानि सुगोपयेत् ।।

अर्थात् आयु, धन, घरको रहस्य, गुरुमन्त्र, मैथुन, दान, मान, अपमान एवं औषध यी नौ कुरालाई हरहमेशा गोप्य राख्नुपर्छ ।

World Link Ads
Mahakali Polytechnic

आयु

Dirghayu Ads

मानिसले आफ्नो आयुका विषयमा जो कोही व्यक्तिलाइृ जानकारी दिनुहुँदैन । आयु वा उमेरलाई जति गोप्य राख्न सकियो त्यति नै राम्रो मानिन्छ । आयुका विषयमा शत्रुले थाहा पाए भने उपयुक्त अवसर पर्खेर नोक्सान पु¥याउँछन् तसर्थ आफ्नो उमेर जोकोहीलाई बताउनु हुँदैन ।

धनसम्पत्ति

धनसम्पत्ति एवं पैसाले जीवनमा सुखसमृद्धि हासिल हुन्छ तर यही पैसा कतिपय अवस्थामा दुःखको कारणसमेत बन्नपुग्छ । आप्mनो सम्पत्तिको विषयमा जानकारी जति कम मानिसलाई हुन्छ उति नै राम्रो मानिन्छ । अन्यथा कतिपय गलत मनसायका मानिसले पैसा छ भन्ने सुइँको पाएर पहिले अनेक तिकडम गरेर मित्रता गाँसी पछि ठूलो नोक्सानसमेत पु¥याउन सक्छन् । तसर्थ आप्mनो सम्पत्तिका विषयमा अरुलाई जानकारी दिनुहुँदैन ।

घरको रहस्य

आफ्नो घरको रहस्य अरुलाई बताउनु हुँदैन । घरको वास्तुदोष तथा अन्य गृहकलह आदि कुरा अरुले थाहा पाए भने त्यसबाट विरोधीले अनुचित लाभ उठाउनसक्ने सम्भावना हुन्छ । अरुलाई बताइयो भने गृहशान्ति गरेको फल पनि प्राप्त हुँदैन ।

मन्त्र

कतिपय मानिस भगवान्को कृपा प्राप्त गर्नका लागि नियमित भगवान्को पूजापाठ एवं जपतप गर्छन् । यसका लागि दीक्षा पनि लिएका हुन्छन् । आफूले जुन मन्त्रको जप गरिन्छ त्यो कसैलाई पनि बताउनु हुँदैन । भनिन्छ, जसले आफ्नो पूजापाठ एवं मन्त्रलाई गुप्त राख्नसक्छ उसैलाई आफूले गरेको पुण्यकार्यको फल प्राप्त हुन्छ ।

मैथुन

मैथुन वा यौनजीवनका विषयमा अरुलाई जानकारी दिनुहुँदैन । यौन जीवनलाई गोप्य राख्नु नै हरेक हिसाबले राम्रो मानिन्छ । दुई व्यक्तिबीचको कुरा तेस्रोले थाहा पायो भने उसले त्यसबाट नाजायज फाइदा उठाउन सक्छ । यो विषयमा अरुले थाहा पाए भने त्यो आप्mना लागि समस्या वा लाजको विषय बन्नपुग्छ ।

Sana Kishan

दान

दान त्यस्तो पुण्यकर्म हो जुन जति गोप्य राख्न सक्यो उति नै फलदायी हुन्छ । जो मानिसले अरुबाट प्रशंसा पाउनका लागि वा अन्य मानिसका अगाडि आफूलाई महान् सिद्ध गराउने उद्देश्यका साथ देखावटी दान गर्छ त्यस्ता व्यक्तिले त्यसअघि गरेका सबै पुण्यकर्म नष्ट हुन्छन् ।

मान

कतिपय मानिसलाई आफ्नो मानसम्मान अरुलाई देखाउने बानी हुन्छ । यो बानी कुनै पनि मानिसका लागि लाभदायक हुँदैन । मानसम्मानलाई देखावटी रुपमा अरुसामु दर्शाउनाले आफूप्रति अरुमा घृणाभाव पैदा हुनसक्छ । यस्तो बानीका कारण अरुले आफूसित दूरी कामय राख्न वा त्यस्तो चेष्टा गर्न सक्छन् ।

अपमान

आफूमाथि कुनै बखत कसैबाट अपमान भएको छ भने उक्त कुरालाई हरहमेशा सबैबाट गुप्त राख्नुपर्छ । यस्तो कुरा अरुलाई बताइयो भने आफैंलाई नोक्सान हुन्छ । अरुले यस्तो कुरो थाहा पाए भने उनीहरुले पनि सम्मान गर्न छोड्छन् र आपूलाई हाँसोको पात्र बनाउँछन् ।

औषध

औषधको अर्थ हुन्छ औषधि गर्ने व्यक्ति वा डाक्टर । आफ्नो डाक्टरलाई कतिपय निजी कुराहरु पनि थाहा हुन्छ । यस्तो अवस्थामा आफूलाई औषधि गर्ने व्यक्तिका विषयमा शत्रुले थाहा पाए भने उनीहरुले तिनीहरुसँग सम्पर्क गरेर वा मद्दत लिएर आफूलाई हानि पु¥याउने कोसिस गर्नसक्छन् । तसर्थ आफूलाई उपचार गर्ने चिकित्सकको जानकारी अरुलाई दिनुहुँदैन ।

को हुन् शुक्रचार्य ?

शुक्राचार्य भृगु ऋषिका पुत्र हुन् । उनले अंगिरस नामक ऋषिलाई गुरु बनाएका थिए तर अंगिरस शुक्राचार्यलाई भन्दा आफ्नो छोरालाई बढी ध्यान दिन्थे, विद्या प्रदान गर्ने क्रममा भेदभाव गर्थे । त्यसकारण शुक्रचार्य अंगिरसलाई छाडेर भगवान् शिवकहाँ शिक्षा लिन गए । शिवले पनि उनलाई शास्त्र एवं शस्त्रसम्बन्धी दुवै विद्या प्रदान गरे । समुद्र मन्थनपश्चात् जब देवताहरुले छलपूर्वक सबै अमृत दैत्यहरुलाई नदिई आफूहरुले मात्र पान गरे तब भगवान् शिवले शुक्राचार्यलाई मृतसञ्जीवनी विद्या प्रदान गरे । यस विद्याको प्रयोग गरेर मरेका प्राणीहरुलाई जीवित तुल्याउन सकिन्थ्यो ।

दैत्यहरुका गुरु शुक्रचार्य महान् नीतिकार पनि थिए । भगवान् शिवलाई गुरु बनाएर मरेकालाई बचाउने मृतसञ्जीवनी विद्या सिकेका शुक्राचार्यको शिक्षा शुक्रनीतिका रुपमा प्रसिद्ध छ । उनले थुप्रै शास्त्रहरु रचना गरेका छन् ।

शुक्रनीतिको एक श्लोकमा ९ वटा यस्ता कुाहरु बताइएका छन् जसलाई हरेक अवस्थामा अथवा हर हालमा लुकाएर राख्नुपर्छ । व्यक्तिगत रहस्यसँग जोडिएका यी नौवटा कुरा अरुले थाहा पाएका खण्डमा त्यो उसका लागि हानिकारक हुन्छ । यी रहस्य जोगाएर राख्न सके व्यक्तिको गोप्यता कायम रहन्छ र उसको विषयमा अरु कसैले थाहा पाउन सक्दैन । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.