सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रजनन क्षमता बढाउन कस्तो भोजन उपयुक्त ?

गर्भाधारणका लागि जसरी पुरुषहरुको स्पर्म (शुक्राणु) को गुणस्तर राम्रो हुनु आवश्यक छ, त्यसरी नै महिलाहरुको डिम्ब अर्थात अण्डा पनि गुणस्तरिय हुनु अति नै आवश्यक छ ।

महिलाहरुको पाठेघरबाट निस्केका डिम्बहरु गुणस्तर तथा स्वास्थ्य भएनन् भने महिलाहरुको प्रजननमा त्यसको प्रत्यक्ष असर पर्छ र गर्भधारण गर्न पनि समस्या हुन्छ ।

त्यसैले महिलाहरुको डिम्ब स्वस्थ र गुणस्तरीय हुन अति नै आवश्यक छ । जीवनशैलीमा साधारण बदलाव ल्याएर, सन्तुलित भोजनको सेवन गरेर महिलाहरु आफ्नो डिम्बको गुणस्तरलाई राम्रो बनाउन सक्छन्, जसले गर्भधारण गर्ने सम्भावना पनि बढ्छ । त्यसैले आज हामी तपाईंहरुलाई त्यस्ता सुपरफूडहरुका बारेमा जानकारी प्रस्तुत गर्दैछौं, जसको सेवनबाट महिलाहरुको पाठेघर स्वस्थ हुनुका साथै उनीहरुको डिम्बको गुणस्तर पनि राम्रो हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

डिम्बको गुणस्तरमा नै तपाईं गर्भवती बन्न सक्नु हुन्छ कि हुन्न भन्ने कुरा निर्भर हुन्छ ।

Dirghayu Ads

कुनै पनि महिला गर्भवती हुनका लागि उनको शरीरमा समावेश अण्डाशयबाट जुन डिम्ब निस्कन्छ, त्यसको गुणस्तर र त्यो डिम्ब स्वस्थ छ कि छैन भन्ने कुरामा निर्भर पर्छ । कुनै बेला एउटी महिला शिशूको रुपमा जन्मिँदा उनको पाठेघरमा जति डिम्बहरु हुन्छन्, ती डिम्बहरु उनी वयष्क हुँदा पनि त्यति नै मात्रामा हुन्छन् भन्ने मान्यता थियो ।

शरीर र उमेर बढ्दा डिम्बको संख्या बढ्दैन भन्ने सोचाई शुरु–शुरुमा थियो । तर, यसका बारेमा भएको एउटा नयाँ सर्वेक्षणका अनुसार महिलाहरुको प्रजननको उमेरमा अण्डाशयबाट नयाँ डिम्ब उत्पन्न हुन्छ भन्ने कुरा प्रमाणित भैसकेको छ । तर डिम्बको गुणस्तरमा तपाईंको उमेरले असर पार्छ । तपाईंको उमेर जसै बढ्दै जान्छ, डिम्बको संख्या र गुणस्तर दुबैमा कमी आउन थाल्छ ।

अन्डाको गुणस्तरका लागि उपयुक्त खानाहरु

दाल र सिमी

शरीरमा आइरन तथा प्रोटीनको कमी भयो भने अण्डाशयबाट डिम्ब निस्कने प्रकृयामै समस्या आउन थाल्छ । त्यस्तो अवस्थामा दाल तथा सिमीको सेवन तपाईंका लागि फाइदाजनक हुनसक्छ । यी दुबै नै सुपरफूड, आइरन, भिटामिन, मिनरल तथा प्रोटीनका उत्कृष्ट स्रोतहरु हुन्, जसले प्रजनन प्रकृयालाई उत्कृष्ट बनाउन सहयोग गर्छ । आफ्नो दैनिक डाइटमा दाल अथवा सिमीमध्ये कुनै एकलाई समावेश गर्नै पर्छ । डिम्बको गुणस्तर राम्रो हुनुका साथै प्रजननको सम्भावना पनि बढ्छ ।

ड्राइ फ्रुट्स पनि फाइदाजनक

ड्राइ फ्रुट्स तथा बदाम पनि प्रोटीन, मिनरल, भिटामिन आदिको राम्रो स्रोत मानिन्छ । खासगरी छोकडा, अंजीर तथा किशमिशलाई आफ्नो दैनिक डाइटमा अवश्य समावेश गर्नु पर्छ । यी ड्राइ फूडमा सेलेनियम हुन्छ, जुन एन्टि–अक्सिडेन्ट हो, जसले फ्रि रेडिकललाई रोक्दछ र उत्कृष्ट गुणस्तरको डिम्बको उत्पादनमा सहयोग पु¥याउँछ ।

तपाईंले चाहनु भयो भने हरेक दिन खाजाको रुपमा ड्राइ फ्रुट्स हरु खान सक्नु हुनेछ अथवा अन्य खाजा अथवा ड्राइ फूड्सलाई पनि समावेश गर्न सक्नु हुनेछ ।

जिंकले भरिएको तिलको सेवन

Sana Kishan

सेतो तथा कालो दुबै प्रकारका तिलमा जिंकको मात्रा अत्यधिक हुन्छ । जिंक नै त्यस्तो तत्व हो, जुन डिम्बको स्वास्थका लागि जिम्मेवार हार्मोनको उत्पादनका लागि सहयोगी हुन्छ । तिलमा एबाकाडोजस्तै मोनोसेचुरेटेड फ्याट हुन्छ, जसले तपाईंको प्रजननलाई उत्कृष्ट बनाउँछ ।

तपाईंले चाहनु भयो भने तिललाई अचार बनाएर पनि खान सक्नु हुनेछ भने तिलको लड्डू पनि खान सक्नु हुनेछ । अर्को शब्दमा भन्नु पर्दा डिम्बलाई स्वास्थलाई उत्कृष्ट बनाउने सबैभन्दा प्रभावकारी खाद्य पदार्थ नै तिल हो ।

एन्टि अक्सिडेन्टले भरिपूर्ण स्ट्रबेरी

स्ट्रबेरी अथवा ब्लूबेरी जस्ता फलमा एन्टि–अक्सिडेन्टहरुको मात्रा अत्यधिक हुन्छ, जसले अण्डाशयबाट निस्कने डिम्बलाई फ्रि रेडिकल्सबाट बनाउनमा सहयोगी सावित हुन्छ । हप्तामा कम्तिमा तीन पटक स्ट्रबेरी खानु तपाईंका लागि फाइदाजनक हुन्छ ।

हरिया सब्जी

पालुङ्गो, ब्रोकाउली, बन्दाकोभी जस्ता हरिया पत्ता भएका सब्जिहरुमा फलेट, आइरन, म्याग्निज, क्याल्सियम तथा भिटामिन ए भरपूर मात्रामा पाउन सकिन्छ, जसले तपाईंको प्रजनन क्षमतालाई बढाउन सहयोग पु¥याउँछ । आफ्नो हरेक दिनको डाइटमा कम्तिमा दुई पटक हरियो पत्ता भएका सब्जि खानै पर्छ ।

प्रजजनमा सहयोगी अदुवा

अदुवा पनि एउटा सुपरफुड हो, जसमा एन्टि–एन्फ्लेमेट्री तत्व पाइन्छ । यदि तपाईंको प्रजननसंग सम्बन्धित प्रणालीमा कुनै पनि प्रकारको समस्या छ भने त्यसलाई हटाउनका लागि अदुवाले ठूलो सहयोग पु¥याउँछ । यदि तपाईंको महिनावारी नियमित छैन भने पनि तपाईंले अदुवाको सेवन गर्न सक्नु हुनेछ । अदुवालाई तपाईंले आफ्नो दैनिक डाइटमा समावेश गर्ने एउटा राम्रो उपाय हो अदुवाको चिया । त्यसो त अदुवालाई विभिन्न तरकारी तथा सलादमा समेत समावेश गरेर खान सकिन्छ ।

डिम्बका लागि फाइदाजनक दालचीनी

दालचीनी सुपरफूड होइन, तर सुपर स्पाइसी अर्थात राम्रो मसला भने हो ।

अण्डाशयको क्रियाकलापलाई उत्कृष्ट बनाएर डिम्बको उत्पादनलाई उत्तेजित बनाउनका लागि दालचीनीले नै सहयोग पु¥याउँछ । जो महिलाहरुलाई यौनजन्य रोगहरुको समस्या छ, उनीहरुले पनि दालचीनीको नियमित सेवन गर्नु पर्छ । दालचीनीको पाउडरलाई हरेक दिन चियामा मिसाएर खान सकिन्छ ।

फाइबरले भरिपूर्ण खानेकुरा

फाइबरले शरीरमा भएको अतिरिक्त हार्मोनहरुलाई बाहिर निकालेर ब्लड सुगरलाई सन्तुलनमा राख्न सहयोग पु¥याउँछ । त्यस्तो अवस्थामा फाइबरले भरिपूर्ण अन्न, फलफूल तथा सब्जिहरु अवश्य खानु पर्छ । यसले पनि तपाईंको प्रजनन क्षमतालाई उत्कृष्ट बनाउँछ र अण्डाको उत्पादनलाई बढाउँछ र डिम्बको गुणस्तरलाई उत्कृष्ट बनाउँछ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.