सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हेटौंडा उप–महानगरबासीले अब मोबाइल एपबाटै राजश्व तिर्न सक्ने

हेटौंडा उपमहानगरपालिकाले आफ्ना नागरिकलाई कुनै पनि क्षेत्रको राजश्व रकम तिर्नका लागि थप सहज बनाएको छ । आम नागरिकले वडा कार्यालय वा उप–महानगरपालिका कार्यालयमा गएर रकम तिर्नु भन्दा पनि घरमै बसेर तिर्न सक्ने गरी व्यवस्था गरिएको छ ।

उप–महानगरपालिका कार्यालय र वडा कार्यालयहरुबीच ६५ किलोमिटर अप्टिकल फाइबर सहित वडा नेटवर्किङ्ग कार्यक्रम सम्पन्न भएसँगै अब केही समयमा यसको कार्यान्वयन हुने पालिकाले जनाएको छ । उप–महानगरपालिकाको राजश्व संकलनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन मोबाइल एप प्रयोग गरी घरबाट नै कर तिर्ने व्यवस्थाको लागि आवश्यक सफ्टवेयर जडान गरिएको र सेवा सञ्चालनको अवस्थामा पुगेको पालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । यसको सबै काम सकिए पनि जनसक्ति अभावका कारण सुरु गर्न ढिलाइ भएको उहाँको भनाइ छ ।

Sana Kishan

’यसको कार्यान्वयन हुने बित्तिकै आम नागरिकलाई कर तिर्नका लागि लाइनमा बस्नुपर्ने, पालो पर्खनुपर्ने लगायतका बाध्यताहरु रहँदैनन्’ उहाँले भन्नुभयो, ’यसले गर्दा सुशासन र सेवा प्रवाहमा सहजता ल्याउन सकिनेछ ।’ हरि हुमागाईंले उज्यालो अनलाइनमा लेखेका छन्।

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.