Bedkot Samudayik Ban

हेर्नुहोस् साप्ताहिक राशिफल !! यी ७ राशिका लागि निकै शुभ छ यो साता, तपाइँ त पर्नुभएन ? 

Sana Kishan
Total
48
Shares

यो साता भगवानको कृपाले मेष, वृष, मिथुन, कर्कट, कन्या, वृश्चिक, धनु, कुम्भ र मीन राशिका लागि शुभ रहेको छ । हेर्नुहोस् भदौ २० गतेदेखि २६ गतेसम्मको साप्ताहिक राशिफल।

Arus

मेष : यो सातामा शुभकार्यको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति चैं सावधानी अपनाउनुपर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष : तो सप्ताह धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेममा मधुरता छाउला । आँटेको र ताकेको कार्य पुरा होला । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । स्वास्थ्य प्रति सजग रहनु होला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मिथुन : यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहेको छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति सजगता अपनाउनु होला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट : यो साता शुभ कार्यको योजना बन्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सेयरको कारोबारमा फाइदा पनि बढ्न सक्छ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । खानपान र स्वास्थ्यप्रति सजग रहनु होला । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुने र गरेको कामबाट अधिक सफलता मिल्नेछ ।

सिंह : यो साता स्वास्थ्यमा समस्या हुनसक्छ, त्यसैले सङ्क्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्नु होला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । बुधवारबाट साथी भाइको भेटघाटले मन प्रसन्न रहला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दीनदुखी या असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ ।

कन्या : यो साता विपरित वर्गबाट विशेष सहयोग मिल्ने र शुभ कार्यको योजना बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य गर्दा सफलता मिल्नेछ।

तुला : मनमा अशान्ति छाउनेछ । सुरु भएका काममा वाधा व्यवधान आइलाग्लान् । मनका केही दुविधा उत्पन्न होला । मान प्रतिष्ठामा वृद्धि होला । साताको मध्यबाट धन आर्जन हुने छ । सोचेका कामहरु संर्घसले पूरा होलान् । खानपानमा गडबडी हुँदा स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ।

Karnali Traders

वृश्चिक : यो सप्ताहमा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग बैजनी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु : यो साताको सुरुका दिनमा दबाब र तनाव बढेको महसुस हुनेछ र केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला । मङ्गलवारबाट शुभकार्यको चर्चा चल्नेछ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ, तर खानपानमा विचार पुर्याउनु होला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरे राम्रो हुनेछ ।

मकर : यो साताको सुरुका दिनमा दबाब र तनाव बढेको महसुस हुनेछ र केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला । मङ्गलवारबाट शुभकार्यको चर्चा चल्नेछ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ, तर खानपानमा विचार पुर्याउनु होला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरे राम्रो हुनेछ ।

कुम्भ : यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पारिवारिक जमघट र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शेयर बजारमा गरेको लगानीले पनि राम्रो प्रतिफल दिनेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग नीलो वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

मिन : यो साता सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ र पछि फाइदा हुनेछ । साताको मध्यमा मानसिक चिन्ता बढ्नेछ । चोटपटकको भय पनि छ सचेत रहनुहोला । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ। नयाँ पुस्ता बाट सभार 

Total
48
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
48
Share