Bedkot Samudayik Ban

रामकुमारीको प्रश्न : महाकाली सन्धिमा भीम रावलको पोजिसन के थियो ?

Sana Kishan
Total
2
Shares

नेकपा (एकीकृत समाजवादी) की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् ।

Arus

ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको विरोधमा उभिनु गलत भएको बताइन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा उनले महाकाली सन्धिमा ओली र रावलले राष्ट्रघात गरेको दावी गर्दै राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गरेको आरोप लगाइन् ।

‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन् । त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन् । मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिसन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिसन के थियो ? महाकाली सन्धिका बेला’ उनले भनिन् ।

Karnali Traders

नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुने टिप्पणी गरिन् । अनलाइनखबर बाट सभार

 

Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share