सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अस्थिरताका बेला एमसीसी पास गर्ने षड्यन्त्र भइरहेको छ : भीम रावल

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले संसदबाट एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घर घरमा पु¥याउन लागेको टिप्पणी गरे ।

नेता रावलले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान गरे ।

World Link Ads
Mahakali Polytechnic

‘जसरी बेलायतीहरुले भारतमा इष्ट इन्डिया कम्पनी खोले त्यो इष्ट इन्डिया कम्पनी भन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडी बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ’ उनले भने ।

Dirghayu Ads
Sana Kishan

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरुप नभएको रावलले बताए । एमसीसी सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनले टिप्पणी गरे ।

उपाध्यक्ष रावलले सरकार गठन भएको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबन्डाको राजनीतिको विकृतिको नमुना भएको उल्लेख गरे ।

उनले जयसिंह धामी प्रकरणमा परराष्ट्र मन्त्रालय र स्वयम् प्रधानमन्त्री पनि बोल्न नसकेको भन्दै आलोचना गरे । ‘नेपालको परराष्ट्र मन्त्रालयलाई बोल्नलाई, प्रधानमन्त्रीलाई बोल्नलाई घाँटीमा कसले समातेको छ ?’ उनले प्रश्न गरे । सरकारले छानविन समितिले दिएको प्रतिवेदन पनि तोडमोड गरेर भारतप्रति नरम बनाएको पनि रावलले टिप्पणी गरे । अनलाइनखबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.