Bedkot Samudayik Ban

पतिको यस्तो हर्कतः जसले पत्नीलाई बनाउँछ आक्रोशित

Sana Kishan
Total
32
Shares

बिवाह एक सम्झौता पनि हो। बिवाहपछि दुई फरक पृष्टभूमीमा हुर्किएका युवा–युवतीले पति–पत्नीको रुपमा एकअर्कालाई आत्मसात गर्नुपर्छ। जीवनभर साथ दिनुपर्छ । पारिवारिक दायित्व बाँड्नुपर्छ।

Arus

बिवाहपछि हरेक पति चाहन्छन्, एक पर्फेक्ट पति बन्न सकौं। तर, जानेर वा नजानेर केहि यस्ता गल्ती हुन्छन्, जसले पत्नीको अगाडि खराब छवि बनाउन पुग्छन्। त्यस्ता के कारण हुनसक्छ, जसले पत्नीको मन दुख्छ वा उनीहरुमा आक्रोस पैदा गर्छ ?

१) कुरा शेयर नगर्ने
कति यस्ता पति हुन्छन्, जो आफ्नो पत्नीसँग कुनैपनि कुरा शेयर गर्दैनन्। यदि तपाईको पनि यस्तै बानी छ भने, त्यो गलत हो। आफ्नो हरेक कुरा पत्नीलाई शेयर गर्नुपर्छ। यसले शंका–उपशंकाको अवस्था आउन दिदैन।

२) पत्नीलाई अरुसँग तुलना गर्नु

मानिसको आ–आफ्नै जन्मजात स्वभाव हुन्छ। त्यसैले संसारका कोहि मान्छे, कसैसँग तुलना हुनै सक्दैन।

तर, कति पतिले आफ्नी पत्निलाई अरुसँग तुलना गरेर उनीहरुलाई कमजोर तुल्याइरहेका हुन्छन्। यसले पत्नीको आत्मासम्मानमा ठेस पुग्छ। पतीको यस्तो व्यवहारले उनीहरुलाई दुखी बनाउँछ।

३) आफ्नै मर्जी अनुसार सबै काम गर्ने

पारिवारिक जीवनमा कुनैपनि काम आपसी सल्लाह, सुझावको आधारमा तय गरिनुपर्छ। तर, कतिपय पति जुनसुकै काम आफ्नो निर्णयमा गर्छन्। अरुको सल्लाह उचित ठान्दैनन्।

Karnali Traders

पतिको यस्तो व्यवहारले पनि पत्नीको मनमा बिचलन ल्याउँछ। सानोतिनो कुरामा पनि यसको प्रत्यक्ष असर देखिन्छ।

जस्तो पति कुनै जानकारी बिना साथीलाई घरमा ल्याएर आउन सक्छन्, बाहिरै बस्न सक्छन्। यस्तो बेला पत्नी रिसाउनु स्वभाविक हो।

४) आदेश दिने

आफु सोफामा बसेर पत्नीमाथि आदेश लाद्ने पति पनि ठीक होइनन्। पत्नीलाई काम अह्राएर बस्ने, गुनासो गर्ने पतिले बिस्तारै पत्नीको माया र विश्वास गुमाउनु पर्छ। नयाँ पुस्ता बाट सभार

 

Total
32
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
32
Share