सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालबालिकामा मोटोपन : बढ्दैछ रोगको जोखिम

अहिलेका बालकालिकामा मोटोपनको समस्या बढ्दो छ । यसमा केही कारण छन् । जस्तो कि, जंकफुड जस्ता खानेकुराको असर । इन्टरनेट, मोवाइल आदिले गर्दा शारीरिक गतिविधि कम हुनु । अक्सर दम्पतीले एउटा मात्र सन्तान हुर्काउनु र खानपिनमा बढी जोड दिनु ।

मोटोपन भएमा के हुन्छ ?

अहिलेको अवस्थामा यो कुरा दम्पतीका लागि टाउको दुखाईको विषय बनेको छ । मोटोपनले शरीरलाई भद्दा मात्र बनाउने होइन, अनेक रोग पैदा गर्छ । विभिन्न अध्ययनबाट के देखिएको छ भने बाल्यकालमा बढेको मोटोपनले दीर्घकालसम्म स्वास्थ्य समस्या ल्याउँछ ।

World Link Ads
Mahakali Polytechnic

मोटोपनका कारण अनेक

युरोपमा गरिएको एक अध्ययन अनुसार अहिले धेरै दम्पतीले एउटा मात्र सन्तान हुर्काइरहेका छन् । आमाबुवा एवं घर परिवारको सम्पूर्ण ध्यान नै उक्त बच्चामा केन्द्रित हुन्छ । बच्चालाई आवश्यक्ताभन्दा बढी स्यहारसुसार गर्ने र खानपिन गराउने हुन्छ । यसले बच्चामा मोटोपन बढाउने जोखिम रहन्छ । युरोपमा बालबच्चामा बढ्दो मोटोपन आमाबुवाको लागि टाउको दुखाईको विषय बनेको छ । इटाली, स्पेन र साइप्रसका बच्चाहरुमा मोटोपनको समस्या यरोपको उत्तरी देशहरुको तुलनामा तीन गुणा बढि छ ।

Sana Kishan

बाल्यकालमै मोटोपन बढेपछि उनीहरुमा त्यसको असर कहिलेसम्म रहन्छ त ? सामान्यत ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ । एक तिहाई बच्चामा किशोरवस्थासम्म पनि मोटोपना कायम नै रहन्छ । स्कूलहरुको बच्चामा गरिएको एक सर्वेक्षण अनुसार हरेक १० जना बच्चाहरुमा १ जना बच्चामा मोटोपनाको समस्या देखिन्छ । तीव्र गतिमा परिर्वतन भएको जीवनशैली र खानपानको बानीका कारण यस्तो भएको हो ।

जुन बच्चामा मोटोपनको समस्या हुन्छ, त्यो बच्चालाई मुटु सम्बन्धि रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढि हुन्छ । मोटो बच्चामा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोलको स्तर, मधुमेह र ह्दयघात हुने खतरा बढि हुन्छ ।

बच्चा बाल्यवस्थामा नै मोटोपनको शिकार भएमा यसको परिणाम उसले जीवनभर भोग्न पर्छ । मोटोपनसँग सम्बन्धि रोगहरु जस्तै मधुमेह जस्ता रोगहरुको शिकार बन्न सक्छन् । बिट्रिस मेडिकल जर्नल लान्सेन्टमा प्रकाशित एक सर्वेक्षण अनुसार मोटोपनको कारण गर्भाशयको क्यान्सर हुने सम्भावना बढि हुन्छ । त्यस्तै पित्ताशय, गुद्वार, गर्भाशय, थाइराइड र ब्लड क्यान्सर हुने सम्भावना पनि त्यतिकै हुन्छ । धेरै तौल हुनाले लिभर, मलाशय, अन्डकोष र स्तन क्यान्सरको पनि खतरा बढि हुन्छ । लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका शोधकर्ताहरुको अनुसार अत्याधिक रोगहरुको कारण मोटोपना हो ।

न्यूट्रीसन एन्ड डायबिटीजमा प्रकाशित अध्ययनको अनुसार बच्चाको मोटोपनाको प्रमुख कारण उनीहरुको खानपान र उनीहरुको टीभी हेर्ने बानी हुन् र यसमा आमा–बुबाको भुमिका पनि महत्वपुर्ण हुन्छ । खानाको तुलनामा व्यायामको कमीका कारण पनि मोटोपनको समस्या हुन्छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.