सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

किन हुन्छ बालबालिकामा अनिद्राको समस्या ?

जुन बालबच्चामा अनिद्राको समस्या छ उनीहरु राती निदाउन सक्दैनन् भने दिउसो बढी नै समय सुत्छन् । कहिले काहीँ त बालबच्चा थाकेर पनि दिनमा सुत्न सक्छन् । यद्यपि सामान्य अवस्थामा पनि उनीहरु दिनमा सुत्छन् भने उनीहरुमा अनिद्राको समस्या छ भनेर बुझ्न सकिन्छ । दिनमा पटक पटक सुत्नु पनि ठिक होइन ।

ठूला मान्छेमा जस्तै बालबच्चाले पनि डरलाग्दो सपना देख्ने गर्छन् । बेलाबखत उनीहरु खराब सपना देखेर निद्रामै तर्सिएर उठ्ने गर्छन् । त्यसपछि उनीहरुलाई सुत्न अरु असहज हुन्छ । दिनमा पनि सपना सम्झिएर उनीहरु डराउने गर्छन् ।

पटक पटक डरलाग्दो सपना देख्नु पनि निद्रा सम्बन्धी विकार हो । यसले बच्चाको निद्रा विथोलिन्छ, मानसिक तनाव बढ्छ र स्वास्थ्यमा पनि समस्या ल्याउँछ ।

World Link Ads
Mahakali Polytechnic

कतिपय बच्चाहरु राती सुत्नै सक्दैनन् । अर्थात उनीहरु सुत्ने समयमा पनि सुत्न सक्दैनन् । ओछ्यानमा पल्टिएपछि पनि धेरै समय छटपटाइरहँछन् । यसरी सुत्ने समयमा निद्रा नलाग्नुलाई इनसोमनियाको समस्या भएको भनिन्छ । कुनै तनावको कारण यस्तो समस्या देखापर्छ । यदि तपाईंको बच्चा राती लामो समयसम्म सुत्दैन भने उनमा चिन्ता वा तनावको समस्या छ भनेर बुझ्न सकिन्छ ।

Sana Kishan

घुर्नु त्यती हानिकारक त होइन । यद्यपि फोक्सोमा कुनै रोकावट छ भने घुर्ने गर्छन् । यसले निद्रा सम्बन्धी विकार पैदा गर्छ । नाकमा कफ जम्दा, श्वास संक्रमणमा, टन्सिल बढ्दा पनि यस्तो समस्या देखापर्छ । बेलाबखत केही गंभिर समस्या अब्स्ट्रक्टिव स्लि एपनियाको कारण पनि घुर्ने समस्या हुन्छ । लगभग तीन प्रतिशत बच्चा यस रोगले ग्रस्त छन् ।

डरलाग्दो सपना देख्नु र राती डराउनु दुई फरक कुरा हुन् । बेलाबखत बच्चाहरु रातमा अचानक ब्युँझने गर्छन् र चिच्याउँछन् । वा रुन थाल्छन् । यसमा सास फुल्ने, पसिना आउने, मांशपेसी च्यापिने समस्याले पनि हुनसक्छ । अहिले पाँच जनामा एक बच्चा नाइट टेररले ग्रस्त छन् ।

पाँच बर्षभन्दा कम उमेरका बच्चाले ओछ्यनमा पिसाब गर्नु खासै ठूलो समस्या होइन । यद्यपि त्यसभन्दा बढी उमेरका बच्चा छन् र प्रायजसो ओछ्यानमा पिसाब फेर्ने गर्छन् भने उनीहरुमा निद्रा सम्बन्धित समस्या छ भने बुझ्नुपर्छ ।

यदि तपाईंको बच्चा आधी रातमा उठेर निद्रामै उताउता हिँड्छन् भने यो पनि एक विकार नै हो । कहिले काहीँ यस्तो समस्या देखिए त सामान्य मान्न सकिएला यद्यपि बारम्बार उनीहरु निद्रामा हिँड्ने गर्छन् भने चिकित्सकको परामर्श आवश्यक छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.