सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमसीसी झुक्याएर पास गर्न खोजेका होलान् :केपी शर्मा ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशंका व्यक्त गरेका छन् ।

संघीय संसद्को प्रतिनिधिसभामा लामो समयदेखि रोकिएको एमसीसी सम्झौताबारे पछिल्लो समय चर्चा बढेको बेला पूर्वप्रधानमन्त्री ओलीको टिप्पणी आएको हो । ’कांग्रेस र माओवादी भएको बेला एमसीसी सम्झौता गरे । अहिले एमसीसीबारे बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान्,’ ओलीले भने, ’बोल्दैनन् । के गर्ने हो ? भन्दैनन् ।’

Sana Kishan

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसीबारे बोल्नुपर्ने ओलीले बताए । ’जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के गर्ने हो भन्नु पर्दैन ? शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ?,’ उनले थपे, ’हिजो साइन गर्नुभएको थियो त !’

World Link Ads
Mahakali Polytechnic

एमसीसीबारे देउवा र दाहाल चुपचाप रहेको ओलीले बताए । ’यस्ता अनगिन्ती कुराहरू उहाँहरूले गोप्य राखेर, नेपाली जनतालाई छक्याएर विकास निर्माण विकासको गतिलाई रोकेर’ राखेको ओलीको आरोप थियो । ekantipur.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.