सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हाँसो मजाकमा पनि नगर्नुहोस् यस्ता शब्दको प्रयोग, जसले बेस्सरी दुख्नसक्छ तपाईंकी पत्नीको मन

79
Sana Kishan

विवाह एक अटूट बन्धन हो । यो जीवनभर साथ निभाउने सम्बन्ध हो । यसलाई बलियो बनाउनका लागि पति–पत्नी दुुबैको सहयोग जरुरी हुन्छ ।

यदि, कोही एकलाई सम्बन्धमा समस्या हो भने त्यसलाई लामो समय टिकाउन मुस्किल हुन्छ। वैवाहिक जीवनमा पति–पत्नीबीच सामान्य झगडा स्वभाविक हो।

Arus

यद्यपी, कहिलेकाँही सानै कुराले पनि ठूलो रुपम लिनसक्छ। कहिलेकाहिँ पुरुषहरुले आवेशमा आएर जथाभावी बोल्दा महिलाको मन लामो समयसम्म दुख्ने गर्छ । त्यसैले जान्नुुस्, कस्ता कुराले तपाईंकी पत्नीलाई चोट पुु–याउँछ।

– चाहे तपाईंकी पत्नी कार्यालयमा काम गरुन् वा घर सम्हालुन् । उनीहरुलाई पतिले प्राय ‘तिमीले धेरै बुुझ्दैनौं’ भनेर चुप लगाउन खोजिन्छ। यो कुरा उनीहरुलाई मन पर्दैन किनकी उनले हरेक सुुझाव तपाईंको समस्याको हल खोज्ने मनसायले दिएकी हुन्छिन्।

– हाँसो ठट्टाका क्रममा होस् या रिसमा पुरुषहरुले धेरैपटक आफ्नी पत्नीको माइतीबारे टिप्पणी गर्छन् । यद्यपी, तपाईंको पत्नीका लागि उनको माइतीबारे कुनै पनि नराम्रो कुरा सुन्नुु असह्य हुन्छ। यसबारे कुनै प्रतिक्रिया नदेखाएपनि उनीहरुको मनमा यस्तो कुरा गडिरहेको हुन्छ।

Karnali Traders

– महिलालाई उनीहरुको कामबारे प्रश्न गरेको पनि निकै नराम्रो लाग्छ । जब पतिले ‘तिमी दिनभरी के गर्छौ।।’ भन्नेजस्ता प्रश्न गर्छन् तब उनीहरुको मन दुख्छ ।

एक घरलाई घर जसरी व्यवस्थापन गरेर राख्नुु सहज काम होइन । लकडाउनको समय घरमा बस्दा तपाईंलाई यो कुरा महसुस पनि भयो होला।

घरको सरसफाई, खान बनाउने, कपडा धुने आदी त्यस्ता साना–ठूला कामहरु हुन्छन्, जो दिनभर चलिरहेको हुन्छ। यस्तोमा पत्नीको कार्यक्षमतामा प्रश्न उठाउँदा उनीहरुको मनमा ठेस पुुग्न सक्छ।

– एक युवती आफ्नो घर–परिवार छाडेर एक नयाँ परिवारको हिस्सा बन्छिन् र त्यसलाई सजाउँछिन्। यदि, उनलाई ‘सधैं मनोमानी गर्छेस्‘’ भनियो भने उनी स्तब्ध हुन्छिन्। उनले आफ्नो पूरा समय तपाईं र तपाईंको परिवारका सदस्यलाई दिएकी हुन्छिन्।

यसबीच कतिपटक उनी आफ्नो ख्याल राख्न पनि भुल्छिन् । त्यसैले यो कुरा याद राख्नुुस् र अन्जानमा कहिले पनि यस्ता कुरा गरेर पत्नीको मन नदुखाउनुस्। नयाँ पुस्ता बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.